Jilla Ban Notis

सिमान्तकृत समुदायलाई प्रेरीत गर्नेगरी रिड नेपाल र पुस्तकालय बिच सम्झौता ।

0 52

कृष्ण ढकाल
बर्दघाट,फागुन–२५

सिमान्तकृत समुदायलाई उद्यमशिल बनाउन प्रेरीत गर्ने र विद्यालय जानवाट बन्चीत भएका गरीव तथा विपन्न वर्गका बाल बालीकाहरुलाई विद्यालयमा पढ्ने बानीको विकास गराउने लगाएतका कार्य गर्ने उद्धेश्यले बर्दघाट नगरपालिका वडा नं. १२ मा रहेको जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र र रिड सुचना तथा स्रोत केन्द्र ,काठमाण्डौ बिच ब्यवहारीक सामुदायिक समाधान परियोजना संचालनका लागि दुईपक्षिय सम्झौता भएको छ ।

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष सुरज केसी र रिड सुचना तथा स्रोत केन्द्रको तर्फवाट भोला कुमार श्रेष्ठले उक्त परियोजनाको सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो । १७ लाख ४८ हजार ४ सय ८९ रुपैया लागत रहेको उक्त परियोजना २०८० माघ १७ गते सम्मका लागि लागु हुनेगरी सम्झौता गरीएको छ ।

यसअघि दुई बर्ष सम्म संचालन गरीएको परियोजनाको रिजल्ट राम्रो र प्रभावकारी देखिए पछि फेरी पुनः रिड सुचना तथा स्रोत केन्द्र ,काठमाण्डौले जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रसंग थप परियोजना गर्न सम्झौता गरेको जनाएको छ ।
गत बर्ष ९० घरधुरीमा कार्यगरेकोमा १७ घरपरिवारलाई बाख्रा समेत निःशुल्क वितरण ,ड्राईभिङ्ग तालीम,सिलाईकटाई लगाएतका सिपहरु दिएर उनीहरुको दैनिक जिवनमा परिर्वतन ल्याएका कारण केन्द्रले यस वर्षयस बर्ष थप प्राविधिक क्षेत्रमा समेत कामगर्ने जनाएको छ । विषेशगरी ईट्टाभट्टामा कामगर्ने श्रमीकहरुका पक्षमा रहेर कार्य गरीने बताईएको छ ।

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष सुरज के.सी.को अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको परियोजना सम्झौता कार्यक्रममा नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्याय लगाएतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.