Jilla Ban Notis

सिमानाकाबाट अबैध सामानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा

0 25

सहबान अन्सारी
प्रतापपुर,जेष्ठ–३०
नवलपरासीको सिमानाकाबाट अबैरुपमा ल्याउदै गरेको करिब ३ लाख २५ हजार बराबरको विभिन्न सामानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार राती प्रतापपुर गाउंपालिका वडा नं ५ धरमौलीमा भारतबाट अबैधरुपमा चोरी पैठारी गरी ल्याउदै गरेको करिब १ लाख ५० हजार बरारबरको कपडा बरामद भएको छ ।
त्यसै गरी बुधवार सुस्ता गाउंपालिका वडा नं. ५ बनकट्टीमा अबैधरुपमा ल्याउदै करिब १ लाख ७५ हजार बराबरको मल, औषधी लगायत विभिन्न सामनहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीले बताउनु भएको छ । लकडाउनको समयमा तस्करी बढदै गएपछि सशस्त्र प्रहरीको सक्रिया देखाउदै आएको छ । नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाइएको छ । त्यसैगरी जिल्लाका सबै सिमानाकाहरुमा सिमा सुरक्षा साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागी व्यापक सुरक्षा कर्मी परिचालन गरी मानिसहरुलाई आवत जावतमा पुर्णरुपमा रोक लगाइएको छ ।

Leave A Reply

Your email address will not be published.