Jilla Ban Notis

साहित्य परिषद् नवलपरासीको ३७ औं साहित्यिक मासिक घुम्ती शृङ्खला सम्पन्न ।

0 43

अमृता सुनार
सुनवल,मंसिर १४,
साहित्य परिषद् नवलपरासीको ३७ औं साहित्यिक मासिक घुम्ती शृङ्खला रचना वाचन तथा पुस्तकचर्चा परासी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । परिषद्का अध्यक्ष डा. श्याम न्यौपानेको अध्यक्षता एवम परासी क्याम्पसका क्याम्पस प्रमुख सुमनगोपाल आचार्यको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्धनको लागि घुम्ती साहित्यिक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिंदै अध्यक्ष डा. न्यौपानेले साहित्यले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा मन्तव्य दिंदै परासी क्याम्पसका क्याम्पस प्रमुख सुमनगोपाल आचार्यले साहित्यले विकृति विसङ्गति पर्दाफास गर्दै सुधारतर्फ अभिप्रेरित गर्ने हुनाले साहित्यको अध्ययन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा रामहरि अधिकारी, दीर्घनाथ गौतम, दिनेशराज पाठक, मुना वली, सुस्मिता खड्का, रेश्मीराज पाण्डे, जनक पाण्डे लगायत १ दर्जनभन्दा बढी स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो । सुशील श्रेष्ठ, राजकुमार श्रेष्ठ र गोवर्धन तिवारीको साङ्गितिक प्रस्तुितले कार्यक्रममा रोचकता थपेको थियो भने सो कार्यक्रम यामजित मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.