Jilla Ban Notis

सामुदायिक मेलमिलापकर्ता समाज नवलपरासीको अध्यक्षमा पुनःनारायण अधिकारी

0 40

कृष्ण ढकाल
परासी,मंसीर–१५
सामुदायिक मेलमिलापकर्ता समाज (सिएमसी नेपाल) नवलपरासीको ९ औँ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनले पुनः नारायण अधिकारीको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ । आईतबार परासीमा आयोजीत बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनले अधिकारीलाई अध्यक्षमा पुनःचयन गरेको हो । आगामी दुई बर्षका लागी नारायण अधिकारीको अध्यक्षतामा ११ सदस्यिय नया कार्य समिति चयन गरेका भएको छ जस्को उपाध्यक्षमा आरधना भट्ट, सचिव दयानन्द चौधरी, कोषाध्यक्ष कमला सुवेदी, सहसचिव आनन्द मिश्र रहनुभएको छ भने सदस्यहरुमा लक्षमी देवी ढकाल, सिता शर्मा, ज्ञानचन्द्र यादव, सदानन्द पाण्डे, महादेव गुरौ लगाएत रहनुभएको छ । वाकंकी ४ सदस्य पछि थपगरीने अध्यक्ष अधिकारीले गाऊंले अनलाईनलाई बताउनु भएको छ ।
यस अघि कार्यक्रमको समुद्घाटन कार्यक्रम सिएमसी नेपाल नवलपरासीका अध्यक्ष नारायण अधिकारीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख नगेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । सो अवसरमा बोल्दै नगर प्रमुख गुप्ताले मेलमिलापको अवधारणा नेपालको सन्दर्भमा निकै उत्कृष्ट भएको र यसले समाजमा भैपरि आउने स–साना विवाद देखी ठुला विवाद
सम्म निकै सहजता पुर्वकले कसैको पनि हार नहुने गरि मेलमिलाप गराउदै आइरहेको बताउनु भयो । उहांले स्थानिय तहमा न्यायिक समिति गठन भई केही विवादहरु हेर्ने जिम्मा पाएपनि सबैको सहकार्यबाट नै सो अवधारणा पुरा गर्ने र सामुदायिक मेलमिलापलाई निरन्तरता दिदै अगाडी बढ््नुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा अध्यक्ष नारायण अधिकारीले आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै समाजले सञ्चालन गरेका कार्यक्रमहरु, विभिन्न गतविधिहरु र प्राप्त उपलब्धी, मेलमिलाकर्ताहरुको समस्या र चुनौती र आागमी कार्य योजना सहितको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सुनवल नगरपालिका न्यायिक समितिकी सदस्य तुलसी ज्ञवली, नेपाल बार एशोसिएशन नवलपारासीकी जिल्ला सदस्य सरस्वती शर्मा, समाजका केन्द्रिय सदस्य नगेन्द्र प्रसाद यादव, पत्रकार कृष्ण ढकाल लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । समाजकी उपाध्यक्ष आरधना भट्टको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन समाजका सचिव दयानन्द चौधरीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.