Jilla Ban Notis

सामुदायिक कृषि सहायक तथा ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिमको सिप प्रमाण पत्र बितरण ।

0 89
अमृता सुनार
सुनवल,२ फागुन 
रोजगारीको सूनिश्तिता र सीप प्रमाण सहित सीटीईभिटी पाठ्क्रममा आधारीत नि शूल्क तिन महिने सामुदायिक कृषि सहायक तथा ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिमको सिप प्रमाण पत्र  बितरण गरिएको छ । एनेक्स भवन सुनवल १ सोमनाथको सभाहलमा एक कार्यक्रमका बिच सिप प्रमाण पत्र  बितरण गरिएको थियो । देउराली जनता प्राविधिक शिक्षालय  र नेपाल सरकार शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालय व्यावसायिक शिक्षालय तालिम अभिवृद्धि ३ इभेन्ट परियोजनाको सहयोगमा सो तालिम संचालन गरिएको थियो ।
   नगर स्तरिय पशुपन्छी विकास समूहका अध्यक्ष विमल ढकालको अध्यक्षता एवम सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता तथा वडा नं ३ का अध्यक्ष कर्ण बहादुर शेन, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख थापाले सीप सिकेर व्यहावहारमा लागू गर्नूपर्नेमा जोड दिनुभएको छ ।
जे चाहिए पनि बजार सम्म दौडने प्रवृतिको अन्त्य गरी स्वाबलम्बी बन्न सके मात्रै नगर सम्वृद्धि तर्फ अगाडी बढ्ने उहाँको धाराणा थियो । नगर प्रमुख थापाले कृषि, पशूपालन, माछापालन व्यापार, स्वास्थ्य, र अन्य व्यावसायिक रुपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र उत्पादकत्व बृद्धिका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । उहाले उपल्ब्ध सिप,श्रम तथा पूजीलाई उचित रुपमा परिचालन गरि उत्पादन एवं रोजगारी मूलक व्यवसायका लागि नगरले सहयोग गर्ने बताउनुभयो । प्रशिक्षार्थी बद्रि श्रेष्ठको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन नर बहादूर खड्काले गर्नूभएको थियो । प्रशिक्षार्थीको तर्फबाट सामुदायिक कृषि सहायक भेष नारायण चौधरी र ग्रामिण पशुस्वास्थ्य कार्यकर्ताको तर्फबाट हेमलाल आलेले आफनो मन्तव्य राख्नूभएको थियो भने उक्त कार्यक्रममा सामूदायिक र ग्रामिण तर्फबाट २०/२० जना गरि जम्मा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.