Jilla Ban Notis

सामुदायिक अस्पताल चौपत्तामा सेवालिन आएका पुरुषमा कोरोना संक्रमण ।

उपचारमा संलग्न र सेवालिन आएका सबैलाई समयमा नै पिसीआर चेकगर्न र होम क्वारेन्टाईनमा रहन आग्रह

0 31

बर्दघाट, भदौ–५
सहिद स्मृति सामुदायिक अस्पताल बर्दघाट –१४,चौपत्तामा सेवा लिन आएका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । विगत चारदिन देखि आफ्नो स्वास्थ्य उपचार गराई रहेका त्रिवेणी क्षेत्रका एक पुरुषमा आज कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालले विगत चार दिन देखि अस्पतालमा सेवा लिन आएका र आफ्ना कर्मचारीलाई सुरक्षित भएर समयमा नै पिसीआर चेकगर्न र होम क्वारेन्टाईनमा रहन आग्रह गरेको छ । विगत चारदिन देखि अस्पतालमा सेवा लिएका उक्त ब्यक्तिलाई हिजो थप अपचारका लागि भरतपुर रिफर गरेको अस्पताल ब्यवस्थापन समितिका पदाधिकारीले जनाएका छन् ।
थप उपचारका लागि भरतपुर पठाईएका विरामीको उपचारमा संलग्न भएका स्वास्थ्यकर्मी र त्यस समयमा अस्पतालमा रहेका १८ जना सवैलाई होम क्वारेन्टाईन बस्न लगाईएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.