Jilla Ban Notis

सामाजिक सुरक्षा भत्ता कटौती नगर्न नवलपरासीका भूपू सैनिकहरुको माग

0 17

परासी, ४ साउन
निवृत्ति भरण पाउनेहरुको सामाजिक सुरक्षा भत्ता कटौती गरेको विरोधमा आज संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपाल नवलपरासीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रद्यानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
आज प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकमार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र पेश गर्दै सामाजिक सुरक्षा भत्ता नकाट्न माग गरेको हो । संघका जिल्ला अध्यक्ष क्याप्टेन मान बहादुर थापाको नेतृत्वमा नाराबाजीसहित प्रशासन कार्यालय पुगेका संघका पदाधिकारी तथा सदस्यहरुले पेन्सन र सामाजिक सुरक्षा भत्ता अलगअलग कुरा भएकाले भत्ता कटौती नगर्न माग गरेका हुन् ।
‘सरकारले पेन्सन पाउनेहरुले सामाजिक सुरक्षा भत्ता काट्ने गरी गत असार १७ गते जुन निणर्य गरेको छ, त्यो विभेदकारी छ’, मागपत्रमा भनिएको छ, ‘त्यसैले हामी सो निणर्य फिर्ता लिन र यसअघि झै पेन्सनरहरुलाई पनि सामाजिक सुरक्षा भत्ता यथावत उपलब्ध गराउन माग गर्दछौं ।’ ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप दिने गरिएको भत्ता कटौटी गरेर अपमान नगर्न उनीहरुले जोड दिए ।

Leave A Reply

Your email address will not be published.