Jilla Ban Notis

सामाजिक संजालको सहयोगले ११ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

0 23

कृष्ण ढकाल
बर्दघाट,पुष–११
नवलपरासीको बर्दघाटमा रहेको दाउन्ने देवि महिला बहुउद्धेशीय सहकारी संस्था बर्दघाटले फेसबुक पेज मार्फत जुटाएको सहयोग रकमले बर्दघाट नगरका सबै माध्यामिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।
संस्थाले बर्दघाट नगरमा रहेका ११ वटै माध्यामिक विद्यालयका प्र.अ.हरुलाई बोलाएर नगरपालिकाको शिक्षा र महिला तथा बालबालिका शाखाप्रमुख तथा पत्रकारहरुको उपस्थितीमा उक्त छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि दुई पक्षविच सम्झौतामा हस्ताक्षर भएको छ ।

दाउन्ने देवि महिला बहुउद्धेशीय सहकारीले फेसबुक पेज मार्फत जुटाएको आर्थिक सहयोग रकमले ११ वटै विद्यालयहरुमा १/१ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नका लागिसम्झौता गरेको हो । गरीव तथा असाहय बालिकाहरु शिक्षाबाट बञ्चित नहुन भन्ने हेतुले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको संस्थाकी अध्यक्ष देवि पौडेलले बताउनु भएको छ ।

 

सामाजिक ब्यक्तित्वहरुको जन्मदिन तथा विभिन्न उत्षवका अवरमा सामाजिक संजाल फेसबुक पेज मार्फत संकलन गरेको रकमले संस्थाले अहिले सम्म क्यान्सर , मृगौला र मुटु रोगीलाई करिव १ लाख आर्थिक सहयोग गरीसकेको छ भने बर्दघाट नगरपालिकालाई कोभिड–१९ ब्यवस्थापनका लागि पनि सोही रकमवाट ५० हजार सहयोग प्रदान गरेको संस्थाकी उपाध्यक्ष लक्ष्मी शर्माले बताउनु भयो ।

५०/५० हजारको कोष खडा गरे ३ वटा विद्यालयहरुमा छात्राहरुका लागि सेनेटरी प्याड वितरण गर्न शुरु गरेको यस संस्थाले स्थानिय तहबाट नै सो अभियान शुरुभएपछि अहिले त्यसलाई परिर्वतनगरी छात्रवृत्ति अक्षयकोष स्थापना गरेको संस्थाकी सचिव लक्ष्मी बर्तौलाले बताउनु भयो ।

अध्यक्ष पौडेलका अनुसार अहिले शुरुमा १ लाख रुपैया संस्थाले विद्यालयको नाममा छात्रवृत्ति अक्षयकोषको खाता खोलेर नगद जम्मा गरीदिने र त्यसवाट आउने वार्षीक ब्याजको २५ प्रतिशत रकम कोषमा नै थप गर्दैजाने र वांकी ७५ प्रतिशत ब्याजवाट गरीव तथा असाहय बालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्ने निति अवलम्वन गरीएको छ ।
संस्थाले प्रदान गरेको रकमले विद्यार्थीहरुको लागि निक्कै प्रभावकारी भएको शाान्ति निकुञ्ज मा.वि. पालडांडाका प्र.अ.विजयरत्न पराजुली,राष्ट्रिय मा.वि. माकर वेतानीका प्र.अ.शेषकान्त पौडेल र निरकु मा.वि. जहदाका प्र.अ. राजन उपाध्यायले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.