Jilla Ban Notis

सामाजिक कार्यमा सहयोगी बन्दै सूर्य ज्योती

0 21

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१६
बर्दघाट –२,चिसापानीमा रहेको सूर्य ज्योती युवा क्लव यतिवेला सामाजिक कार्यमा निक्कै तल्लीन भएर लागेको छ । विषेशगरी वडा नम्वर २ का हरेक सामाजिक कार्यमा सहकार्यगर्दे अघि बढेको सूर्य ज्योती युवा क्लवले पछिल्लो सयम अझ बढी सक्रियता देखाएको छ ।
कोभिड–१९ का कारण समस्यामा परेका विपन्न घर परिवारहरुलाई तत्कालका लागि खाद्यदानको जोहो गर्ने देखि प्राकृतिक प्रकोपमा परेका विपन्न घरपरिवारहरुको तत्कालको समस्या समाधानमा जुट्ने गरेको छ ।
त्यस्तै चिसापानीमा संचालनमा रहेको आइसोलेसनमा उपचारत कोभिड–१९ का संक्रमित विरामीहरुका लागि अक्सिजन रिफिल गर्न क्लवले लोक बहादुर क्षेत्री ( लंका दाइ) मार्फत नगद सहयोग गरेको छ । त्यसैगरी आईसोलेसनमा रहेका विरामीहरुका लागि पोष्टीक आहार वितरण गर्नभन्दै नगर प्रमुख धिरज शर्मालाई पोष्टीक आहार हस्तान्त्रण गरेको थियो ।

सामाजिक कार्यमा सक्रि रहेको क्लवले आज बर्दघाट नगरपालीका वडा न २ ब्लक न ३ निवासी कमला थापा सुनारलाई केहि खाद्यवस्तु र नगद सहित सहयोग प्रदान गरेको छ ।
सुर्य ज्योति युवा क्लबका सह–सचीब तथा कलाकार निक शर्मा ले क्लवलाई गर्नु भएको पाच हजार पाच सय पचपन्न रुपैया आर्थिक सहयोग रकम क्लबले सिधै कमला थापा सुनारलाई हस्तान्त्रण गरेको ब्लवका अध्यक्ष राम भण्डारीले बताउनु भएको छ ।

अन्तर जातीय विवाह गरेकी कमला थापा सुनारका श्रीमानको रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएपछि अझै उनको शव नेपाल ल्याउन सकिएको छैन । यता अस्तिराती आएको
हावाहुरीले कमलाको घरको छानो उडाएपछि उनको परिवारलाई अहिले स्थानिय सामाजिक घरमा राखीएको छ ।

कोभिड–१९ को महामारीको समयमा सुर्य ज्योति युवा क्लबले “म पनि सहयोग गर्छु “ भन्ने अभियान संचालन गरेर बर्दघाट नगरपालीका वडा न २ भित्र रहेका अती बिपन्न परिवारहरुलाई सक्दो सहयोग प्रदान गर्दे आएको सुर्य ज्योति युवा क्लबका सचिव टेक बहादुर बुढाथोकीले बताउनु भएको छ ।

क्लवले पछिल्लो समय १९ घर परिवारलाई खाधन्न सामाग्री बितरण गरीसकेको जनाएको छ । बर्दघाट नगरपालीका वडा न २ निवासी मनिसा थापा ,बल्क न ७ का नर बहादुर गुरुङ ,ब्लक न ५ का यमकला राना ,ब्लक न ६ का यमकला पुन, धनीमाया थापा , धन ब क्षत्री, रूद्र पुन ,ब्लक न ३ का वीर बहादुर सुनार , सीता बि क ,रेक वीर शारू ( सन्ते बाजे),ब्लक न २ का तुलसीराम बस्याल ,बल्क न १ का एकमाया बि क ,नर्मता बि क ,ब्लक न ७ का कृष्ण बहादुर क्षेत्री ब्लक न ४ का टेक बहादुर चेपाङ लगाएका परिवार लाई राहत बितरण गरिएको क्लवका अध्यक्ष राम भण्डारीले बताउनु भएको छ ।

  

Leave A Reply

Your email address will not be published.