Jilla Ban Notis

साना किसान कृषि सहकारी संस्था बर्दघाटद्धारा माक्स वितरण तथा सचेतना कार्यक्रम सम्पन्न् ।

0 68

कृष्ण ढकाल
बर्दघाट,चैत्र–७
साना किसान कृषि सहकारी संस्था लिमिटेड् बर्दघाटले कोरोना भाईरस सक्रमणबाट बाच्नको लागि आफ्ना शेयर सदस्यहरुका लागि सचेतना प्रदान गर्नुका साथै माक्स वितरण गरेको छ । शुक्रवार आफ्नो कार्यालयको सभा हलमा एक कार्यक्रमको आयोजनागरी माक्स वितरण गर्नुका साथै चिसापानी अस्पतालका डा. विजय खनालद्धारा कोरोना भाईरस सक्रमणबाट बाच्ने उपाएका वारेमा जानकारी प्रदान गरीएको थियो । सो अवसरमा शेयर सदस्यहरुलाई डा. खनालले कोरोना भाईरस सक्रमणबाट बाच्ने उपाए र त्यसका लागि अपनाउनु पर्ने सजगताका वारेमा जानकारी प्रदान गर्नु भएको थियो । संस्थाका अध्यक्ष पशुपति न्यौपानेको अध्यक्षतामा भएको सचेतना कार्यक्रम पश्चात संस्थाले चिसापानी अस्पतालमा आउने सर्वसाधरणहरुका लागि वितरण गर्न भन्दै मास्क समेत प्रदान गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.