Jilla Ban Notis

सांसद कण्डेलद्धारा ४ कोठे भवनको सिलन्यास ।

0 28
उमेश बि.क
सरावल, १२ असोज
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वगृह राज्यमन्त्री सांसद देवेन्द्रराज कण्डेलले आज ४ कोठे भवनको सिलन्यास गर्नुभएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ९ करमैनीमा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयको ४ कोठो भुकम्प प्रतिरोधक भवनको सिलन्यास गर्नुभएको हाे । विद्यालयका कक्षाकोठाको अभावले ६७ लाख रुपैयामा उक्त ४ कोठे भुकम्प प्रतिरोधक भवन निर्माण हुन लागेको छ ।
           विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलिराम पाठकको अध्यक्षतामा भएको भवन सिलन्यास कार्यक्रममा प्रमुख अतिथि एवं पुर्वगृहराज्य मन्त्री सांसद देवेन्द्रराज कण्डेलले उक्त भवनको सिलन्यास गर्दै यस विद्यालयले शिक्षा क्षेत्रमा ईतिहास रचोस भनि शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु पौडेल, नेपाली कांग्रेसका शिक्षा विभागका केन्द्रिय सदस्य एवं विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रोधश्याम पाठक, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुँवर, नगरपालिका ९का वडा अध्यक्ष सुनिल पाठक, विद्यालयका प्रधानाध्यापक यारमोहम्म्द खान लगायतले यस निर्माण हुने भवनले विद्यार्थीहरुलाई लाभ हुने र शिक्षा क्षेत्रमा विद्यालयको योगदान उल्लेखनिय रहोस भनि शुभकामना व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.