Jilla Ban Notis

सहिद क्या.लखन थापाको स्मृति दिवस सुनवलमा पनि मनाईयो ।

0 38

सुनवल,फागुन–२
नेपालका प्रथम सहिद क्या.लखन थापाको १ सय ४३ औ स्मृति दिवस आज नवलपरासी लगायत देशैभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवशका अवसरमा आज नेपाल मगर संघ नगर कार्यसमिति सुनवलले पनि सुनवल चोकमा एक कार्यक्रमको आयोजना गरि सहिद क्या.थापाको स्मृति दिवस मनाएको छ । नगरसमितिका अध्यक्ष मनबहादुर थापाको अध्यक्षता तथा सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले सहिदहरुको सपना साकार पार्न देश र जनताको हक अधिकारको संरक्षण गर्नुपर्ने बताउनुभयो । बोल्न भन्दा पनि सकारात्मक काम गर्नुपर्ने नगरप्रमुख थापाको भनाई छ । उहाले आगामि दिनमा सुनवल नगरपालिकाले पनि उपयुक्त ठाउमा प्रथम सहिद क्या.लखन थापाको शालिक बनाउने प्रतिवद्धता पनि जनाउनुभयो ।
सो अवसरमा नेपाल आदिबासि जनजाति महासंघ जिल्ला अध्यक्ष देवराज चौधरी, वडा नं १ का वडाध्यक्ष बिनप्रसाद बुढाथोकि, वडा नं ३ का वडाध्यक्ष कर्णबहादुर शेन, वडा नं ४ का वडाध्यक्ष बिरबहादुर गुरुगं, वडा नं ५ का अध्यक्ष थमनशिह नेपाली, नेकपा नगर कार्यवाहक अध्यक्ष बिरबहादुर बिक, नेपाल मगर युवा संघ केन्द्रिय सदस्य निर्मला सारु, जिल्ला अध्यक्ष बिनोद पुन, तमु ह्युला छोजदि जिल्ला समिति उपाध्यक्ष दुर्गा बहादुर गुरुगं,महिला संघ प्रदेश सदस्य जुठिमाया रेगामि मगर, मगरबौद्ध जिल्ला अध्यक्ष रमेश राना, वडा सदस्य गुनबहादुर थापा, रनबहादुर पुन, रेनु थापा, श्याम बहादुर गुरुगं, वालकुमारी परियार, युवा संघ नगर अध्यक्ष राम कुमार थापा, सचिव भेष बहादुर थापा, कवर योगि समाज नगर अध्यक्ष पर्शुराम कवर, दलित उत्थान केन्द्र नगर अध्यक्ष शिवबहादुर बिक, नेपाल मगर भुपु शैनिक संघ नगर अध्यक्ष सोमबहादुर राना, उपाध्यक्ष टेकबहादुर पुन, लगायतको आतिथ्यता रहेको थियो ।
सो अवसरमा बोल्ने बक्ताहरुले नेपालका प्रथम सहिद क्या.लखन थापाले देश र जनताको लागि पुराएको योगदानको चर्चा गर्दै आज संघिय लोकतान्त्रिक गणतन्त्रको प्रत्याभुति दिलाएको स्मरण गराउनुभयो । कार्यक्रममा नेपाल आदिबासि जनजाति महासंघ जिल्ला अध्यक्ष देवराज चौधरी, वडा नं ३ का वडाध्यक्ष कर्णबहादुर शेन, नेकपा नगर कार्यवाहक अध्यक्ष बिरबहादुर बिक, महिला संघ प्रदेश सदस्य जुठिमाया रेगामि मगर, रनबहादुर पुन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नगर समितिका सदस्य कुल बहादुर रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नगर समितिका सचिव मनबहादुर थापा दिपकले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.