Jilla Ban Notis

सहकार्य बचत तथा ऋण सहकारी सस्थाको १२ औँ बाषर््िाक साधाण सभा तथा छैठौ अधिबेशन सम्पन्न ।

0 41

पञ्चनगर,मंसिर–७
सहकार्य बचत तथा ऋण सहकारी स्था सरावल १ पश्चिम नवलपरासीको १२ औँ बाषर््िाक साधाण सभा तथा छैठौ अधिबेशन शनिबार पञ्चनगरमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष सुमीनलता चौधरीको अध्यक्षता तथा सस्थाकी जेष्ठ सेयर सदस्य यशोदा पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा सरावल १ की महिला वडा सदस्य राधा कुमारी चौधरी, सस्थाका सस्थापक अध्यक्ष माया देवी खरेल, सस्थापक सचिव रिता फौजदार, सेयर सदस्य धनिसरा भुषाल, रेडियो दाउन्नेका पत्रकार रामु भुषाल लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा अध्यक्षको प्रगति प्रतिबेदन अध्यक्ष चौधरी, निति तथा कार्यक्रमको प्रतिबेदन सचिव तारा सापकोटा, लेखा समयोजकको प्रतिबेदन लेखा समोजक जानुका खनालले पू्रस्तुत गर्नुभएको थियो भने सस्थाको कुल १ करोड ८३ लाख ३२ हजा ३ सय २१ रुपिया बराबरको आर्थिक आयब्यय विवरण सस्थाकी ब्यवस्थापक गंगा खरेलले प्रस्तुत गर्दै यस आर्थिक बर्षमा सस्थाले ३ लाख ६८ हजार ४ सय ५० रुपिया नाफा गर्न सफल भएको जानकारी गराउनुभएको थियो । कार्यक्रममा उत्कृष्ट बाल बचतकर्ता २ जना, उत्कृष्ट सेसयर धनि एक जना, असल ऋणि एक जना, एकल महिला सेयर सदस्य २ जना, जेष्ठ सेयर सदस्य २ जना र उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरी २ जना लगाएतलाई सम्मन समेत गरिएको थियो । कुल ४ सय ७८ महिला सेयर सदस्य रहेको सस्थामा एक ४९ बाल बचत कर्ता रहेका छन । सस्थाकी कार्य समिति सदस्य पुण्या मिश्रको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तारा सापाकेटाल गर्नुभएको थियो । अधिबेशनले आागमी ३ बर्षका लागी पुण्य मिश्रको अध्यक्षतामा नौ सदस्यिय नया नेतृत्व सर्वसम्मत चयन समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.