Jilla Ban Notis

सहकारी मार्फत उत्पादन बढाउनु पर्नेमा जोड ।

0 29
गौरीशंकर जयसवाल
परासी १७ फागुन
सहकारीहरुले बचत र नाफा कमाउनु भन्दा उत्पादनमुलक क्षेत्रमा लगानी गरेर आम्दानी बढाउनु पर्ने सरावलमा भएको एक कार्यक्रमा बोल्ने वक्ताहरु जोड दिएका छन  । उनीहरुले सहकारीहरुले सहकारी मार्फत उत्पादन मुलक क्षेत्रमा लगानी गरेर आम्दानी बढाउनु पर्ने आजको आवश्यकता रहेको बताएका थिए ।    सरावल गाउँपालिकाले सरावल गाउँपालिको वडानं २ मनरीमा आयोजना गरेको  गाउँपालिका स्तरीय सहकारीहरुको  अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्तहरुले सोकुरा बताएका हुन । सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले सहकारी मार्फत उत्पादनमा जा्ेड दिनको लागि गाउँपािलकाले सहकारीमा भरपूर्ण बजेट बिनियोजन गरिएको बताउनु भयो ।  सहकारीहरुले भौतिक पूर्वाधार निमार्ण भन्दा पनि अफानो सहकारी मार्फत उत्पादन मुलकक्षेत्रमा जोड दिनुपर्नेमा जोड दिनु भयो । उहांले सहकारीहरुले सहकारी मार्फत उत्पादमुलक र सहकारी मार्फत कृषिमा पनि लागनी गर्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश न ं५ प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपालले स्थानिय तहको बिकासमा सहकारी भूमिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने नवलपुरका बचत संघका सचिव रामप्रसाद काफ्लेले सहकारी संञ्जालकोे गठनका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।सहकारीहरुकर्मीहरुको भेलाले सरावलमा गाउँपालिका स्तरीय सहकारी सञ्जाल समेत गठन गरिएको छ ।
भेलाले महिला जागरण बहुउदेश्यीय सहकारीका अध्यक्ष प्रेम कुमारीको अध्यक्षतामा ७ सदस्यीय गाउँपालिका स्तरीय सहकारी सञ्जाल गठन गरिएको हो । जसको सदस्यमा तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्था ,कालिका बतच तथा ऋण सहकारी संस्था,भुजहवा बचत तथा ऋण सहकारी संस्था,साना किसान बचत तथा ऋण सहकारी संस्था,बसन्त दुग्ध उत्पादन सहकारी संस्था सदस्य रहेका छन । सरावल गाउँपालिकामा १७ वटा सहकारी संस्था प्रदेश स्तरीय ६ वटा सहकारी संस्था र सघियत तर्फ १ सहकारी संस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिनु भएको छ । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बिष्णुप्रसाद पौडेल,सहकारी संघका कोषाध्यक्ष हैदरअली मोमिन,लक्ष्मी नारायण श्रेष्ठ लगायतले बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.