Jilla Ban Notis

सशस्त्र प्रहरी र नेपाल प्रहरीले सिमानाकामा उच्च निगरानी

0 25

 

सहबान अन्सारी
प्रतापपुर,बैशाख ३
नवलपरासीमा लकडाउनको समयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सिमानाकामा उच्च निगरानी बढाएको छ । यतिबेला सिमा क्षेत्रका दुवै देशको नागरिकहरुलाई आवतजावतमा पुर्ण रुपमा रोक लगाएको छ । नवलपरासी जिल्ला छिमेकी राष्ट्र भारतसँग जोडिएको करिब ३१ किलो मिटरको नाकामा ठाँउ ठाँउमा पाल टागेर अस्थाई पोष्ट स्थापना गरी व्यापक सुरक्षाकर्मी परिचालन समेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागी सुरक्षाकर्मीहरुले बैशाखको चर्को घामलाई समेत सामना गर्दै दिन रात खटिरहेका छन् ।
भारतबाट कोरोना भाइरस संक्रमित व्यक्ति नेपाल नछिरोस र नवलपरासीलाई सुरक्षित राख्न सकियो भनेर सशस्त्र प्रहरीले आफ्नै स्वास्थ्यको पर्वाह नगरी अहोरात्र सीमामा खटिएका छन् । बोर्डर आउटपोष्ट गुठी परसौनीको मातहतमा करिब १०.३ किलोमिटरको सिमानाकामा सयौँ सुरक्षाकर्मी परिचालन गरी विशेष निगरानी बढाउनुको साथै लकडाउनको अवज्ञा गर्ने दुवै देशका नागरीकलाई कडाई गरी सिमानाका ठप्प पारिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.