Jilla Ban Notis

सशस्त्र प्रहरीद्वारा एकसय लिटर मदिरा नष्ट

0 19
सहबान अन्सारी
प्रतापपुर,चैत्र–२२
नवलपरासीको गुठी परसौनीमा सशस्त्र प्रहरीले एकसय लिटर मदिरा नष्ट गरिएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले  सुस्ता गाँउपालिका वडा नं ५ बलिनगरमा गएराति  नेपालबाट भारत तर्फ लग्दै गरेको लोकल मदिरा नष्ट गरेको हो ।  साथै भारतिय नम्बर यु.पी.५६एच, ९२६८को मोटरसाईकल  दशगजाबाट बरामद गरिएको प्रहरीले बताएको छ ।
बरामद गरिएको मदिरा स्थानिय र पत्रकारहरुको रोहबरमा नष्ट गरिएको छ । लकडाउनको समयमा  सिमा तस्करी  तथा सिमा सुरक्षाको निगरानी पुर्ण रुपले बढाईएको साथै मानिसहरुलाई आवतजावतमा पुर्ण रुपमा रोक लगाईएको समेत सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.