Jilla Ban Notis

सरोकारवाला निकायबाट जिल्लाका आईसोलेशन सेन्टरको अनुगमन ।

0 38

परासी, २९ जेठ
पश्चिम नवलपरासीका विभिन्न स्थानीय तहले निर्माण गरेका आईसोलेशन तथा क्वारेन्टिनहरुको जिल्लाका सरोकारवाला निकायको प्रतिनिधि मण्डलले अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको नेतृत्वमा जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरु, प्रदेशसभा सदस्य, संविधानसभा सदस्य,प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुखहरु, सञ्चारकर्मी लगायतको टोलीले जिल्लाको रामग्राम, पाल्हीनन्दन, सुस्ता, बर्दघाट र सुनवलमा बनाइएका आईसोेलेशन सेन्टर र क्वारेन्टिनहरुको अनुगमन गरेको हो । अनुगमनको क्रममा आईसोलेशन सेन्टरको अवस्था, क्षमता, क्वोरेन्टिनमा बसेकाहरुको अवस्था, पीसीआर रिर्पाेट लगायतको विषयमा टोलीले जानकारी लिएको थियो । यस्तै सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा, सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा र उपप्रमुख दधिराम अर्यालसंग पनि छलफल गरेको थियो ।
टोलीमा जिसस प्रमुख राय, प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारी, संविधानसभा सदस्य चिनक कुर्मी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला अध्यक्ष भविश्वतर तिवारी, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु पौडेल, जनता समाजवादी पार्टीका नेताहरु मुकुरजी गिरी, मुन्नालाल गुप्ता, स्वतन्त्र राजनीतिक समूहका जिल्ला संयोजक राधेरमण पाण्डे, राप्रपाका नगर अध्यक्ष रामभवन यादव, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक,सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, प्रहरी उपरीक्षक अजय केसी, शसस्त्र प्रहरी उपरीक्षक भरत खनिया लगायत रहनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.