Jilla Ban Notis

सरावल–२, मनरिमा रहेको मनरी स्वास्थ्य चौकिलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण ।

0 27

बर्दघाट,भदौं–३०
अनेरास्ववियू नवलपरासीको तर्फबाट अनेरास्ववियूका नेता रमेश नेपालीको नेतृत्वमा आज सरावल–२, मनरिमा रहेको मनरी स्वास्थ्य चौकिलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरीएको छ । सरावल गाउंपालिका वडा न. २ का वडा अध्यक्ष बिजय सिंह गुप्ताको उपस्थितीमा मनरी स्वास्थ्य चौकिका प्रमुख निलकन्ठ भण्डारीलाई ५ लिटर सेनेटाईजर,द्द सय ५० पीस माक्स र ३० सेट ग्लवस हस्तान्त्रण गरीएको अनेरास्ववियूका विद्यार्थी नेता रमेश नेपालीले जानकारी गराउनु भएको छ ।
स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रममा अनेरास्ववियूका नेता तथा देवकोटा बहुमुखि क्याम्पसका स्ववियू कोषाध्यक्ष उमेश अधिकारी,अनित पौडेल,चेतना थापा,उमेश पोख्रेल,धनिस्वर यादव,कुमार वि.क लगाएतका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.