Jilla Ban Notis

सरावल–१, रजाहामा राम मन्दिरको शिलन्यास

0 26

रामु भुसाल
बर्दघाट,कार्तिक–१३
नवलपरासीको सरावल गाउपालिका वार्ड नं। १ नयांटोल रजाहा स्थित सोमनाथ महादेव मन्दिर परिसरमा बिहिबार राम मन्दिरको शिलन्यास भएको छ । मन्दिर निर्माण समितिका अध्यक्ष गोकुल मणि भण्डारीको अध्यक्षता एवं संघिय सांसद देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यता र सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको बिशेष आतिथ्यतामा राम मन्दिरको शिलन्यास गरीएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कण्डेलले धार्मिक वन तथा धार्मिक पर्यटकिय स्थल निर्माण गर्नका लागी राम मन्दिरको शिलन्यासले राम्रो भुमिका खेलेको बताउदै उक्त मन्दिर निर्माण कार्यमा आफ्नो पुर्ण सहयोग रहने प्रतिवद्धता जाहेर गर्नु भएके थियो ।
कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले सरावल गाउपालिकाका सम्पुर्ण पर्यटकिय तथा धार्मिक क्षेत्रलाई प्रवद्र्धन तथा प्रचार प्रसारका लागी पालिकाले योजनाहरु ल्याएको बताउदै गाउपालिकाले सम्पुर्ण भाषा धर्म र संस्कृतिको सम्मान गर्दै बिकास गर्दै लैजाने बताउनु भयो । कार्यक्रममा सरावल गाउपालिका का उपाध्यक्ष उत्तमा राय, रजहा वन बाटिकाका सचिव हरि प्रसाद शर्मा ढकाल लगाएतले मन्तब्य राख्नुभएको थियो । मिनराज भट्राईको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्र्रमको सञ्चालन उमापति बस्यालले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.