Jilla Ban Notis

सरावल गाउपालिका वडा नम्बर २ द्धारा कम्मल बितरण .

0 43

उर्मिला यादव

सुनवल,पुष २०,
पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर २ ले एक कार्यक्रमको आयोजना गरी एकल महिलाहरुलाइ कम्मल बितरण गरेको छ । सरावल गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष शम्भु प्रसाद चौधरीको अध्यक्षता तथा सरावल गाउपालिका प्रमुख राधेश्याम चौधरीको प्रमुख आथित्यतामा गाउपालिका भित्रका एकल महिलाहरुलाइ कम्मल बितरण गरीएको हो । कम्मल बितरण गर्दै कार्यक्रमका प्रमुख अतिथी सरावल गाउपालिका प्रमुख चौधरीले चिसो एकदमै बढेकोले आफनो स्वास्थ्यको बिशेष ख्याल गर्न सबैमा आग्रह गर्नु भएको थियो । उहाले चिसो बढेकोले तातो र झोलिलो खानेकुरा खानमा सबैमा जोड दिनु भएको थियो भने गाउपालिकाको तर्फबाट जनताको सेवामा आफु सधै लागि पर्ने बताउनु भएको छ ।  यस्तै गरी सरावल गाउपालिकाकाले प्रत्यक्ष सेवा जस्तै आखा अप्रेसन , कम्मल बितरण कार्यहरु निशुल्क गर्दै आएको गाउपालिका अध्यक्ष चौधरीले बताउनु भएको छ ।
कार्यक्रममा सरावल गाउपालिकाका कार्यपालिका सदस्य सीमादेवी राय , वडा सदस्य बिजय सिंह गुप्ता , कार्यक्रमका अध्यक्ष तथा सरावल गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष शम्भु प्रसाद चौधरी लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा गाउपालिकाका पदाधिकारी , सरोकारवाला ब्यक्तित्व लगायत गाउपालिका भित्रका एकल महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सरावल गाउपालिका भित्र रहेका ६५ जना एकल महिलाहरुलाइ कम्मल बितरण गरीएको सरावल गाउपालिका प्रमुख राधेश्याम चौधरीले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.