Jilla Ban Notis

सरावल गाउपालिकाले स्थापना गरेकोे प्रकोप विपत राहतकोषमा नवलपरासी ईटा उधोग सँघवाट ५१ हजार सहयोग ।

0 81

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२१
कोरोना भाइरस सँक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरावल गाउपालिकाले स्थापना गरेकोे प्रकोप बिपत राहत कोषमा नवलपरासी ईटा उधोग सँघ , स्टार कामना ईटा उधोग प्रा. लि. र उत्तम ईटा उधोग प्रा.लि.ले ५१ हजार रुपैया सहयोग प्रदान गरेको छ ।  नवलपरासी ईटा उधोग सँघका जिल्ला अध्यक्ष धनपत यादव, सचिव अजय अधिकारी, सदस्य टँकनारायण आचार्य र केन्द्रिय सदस्य रमेश खनाल लगायतको टोली सरावल गाऊपालिकामा पुगेर गाऊपालिकाका अध्यक्ष राधेश्याम चौधरीलाई उक्त रकमको चेक हस्तान्त्रण गर्नु भएको थियो । लक डाउनका समयमा दैनिक ज्याला मजदुरी गर्न नपाएर सांझ विहान खाना खानवाट बन्चित भएकाहरुलाई सहयोग पुगोस भनेर सो रकम प्रदान गरीएको नवलपरासी ईटा उधोग सँघका जिल्ला अध्यक्ष धनपत यादवले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.