Jilla Ban Notis

सरावल गाउपालिकाद्वारा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई स्प्रेयर मेसिन बितरण ।

0 25

सरावल, मंसिर–२९

सरावल गाउपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री उपलब्ध गराएको छ । आज एक कार्यक्रमका विच सो सामान हस्तान्त्रण गरीएको थियो ।  आज भएको स्प्रेयर मेसिन वितरण  कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष चौधरीले कृषिलाई ब्यबसायिक रुपमा अघि बढाएर किसानहरुको आर्थिक समृद्धिका लागि सरावल गाउपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको बताउनु भयो । उहांले अहिलेको युगमा कृषिलाई यान्त्रिकरण गर्दै लैजानुपर्नेमा जोड दिदै निर्बाहमुखी कृषि पेशा छोडेर ब्यबसायिक रुपमा नै कृषिपेशालाई अंगाल्न आग्रह गर्नु भएके थियो ।

कृषीमा किसानहरुलाई आकर्षित गर्दै उत्पादनमा वृद्धि गर्ने र सरावल गाउपालिकालाई कृषि उत्पादनमा आत्म निर्भर गर्ने योजना अनुसार गाउंपालिका भित्रका किसानहरुलाई ब्यबसायकि कृषि पेशामा प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा कृषि सामाग्री उपलब्ध गराएको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पौडेलले बताउनु भएको छ ।

कृषि सामग्री अन्तर्गत ५० देखि ७५ प्रतिशत अनुदानमा गहुँको बीउ ,च्याउको बीउ तथा विभिन्न तरकारीको विउविजन लगाएतका सामग्री गाउंपालिकाले यसअघि नै वितरण गर्दै आइरहेको छ। स्प्रेयर मेसिन वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पौडेल ,कृषि शाखा प्रमुख कुल्दिप मिश्र लगाएतको सहभागिता रहेको थियो । सरावल गाउपालिकाद्वारा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई ५० वटा स्प्रेयर मेसिन बितरण गरिने भएपनि आज २५ वटा मात्र वितरण गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.