Jilla Ban Notis

सरावल गाउंपालिकाद्धारा बडहरामा सरावल अस्पताल निर्माण गर्ने निर्णय ।

दुबौलिया,जीतपुर टोला र फूलवरीयाटोलका स्थानियहरुद्धारा विरोध प्रर्दशन ।

0 123

कृष्ण ढकाल
बर्दघाट,मंसीर–८
नवलपरासीको सरावल गाऊपालिकाले निर्माण गर्न लागेको सरावल अस्पताल वडा नं ५ को बडहरामा निमार्ण गरीने भएको छ । हिजो आईतवार बसेको सरावल गाउंकार्यपालिका बैठकमा बहुमतले वडा नम्वर ५ को बडहरामा सरावल अस्पताल निमार्ण गर्ने निर्णय गरेसंगै अब बडहरामा अस्पताल निमार्ण हुने गांउपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनु भएको छ ।

अस्पताल निमार्णका लागि वडाले स्थानको सहमति जुटाउन नसकेपछि निति,विधि र प्रजातान्त्रीक प्रक्रिया मार्पmत गाउंकार्यपालिकाको बैठकवाट अस्पताल निमार्ण स्थलको टुङ्गोमा पुगेको अध्यक्ष चौधरीले बताउनु भएको छ ।

यता सरावल गाउंकार्यपालिकाको पहिलेको बैठकले सरावल गाऊपालिकाको वडा नं ५ मा सरावल अस्पताल निर्माण गर्ने सर्बसम्वत निर्णय गरेपनि हिजोको गाउंकार्यपालिकाको बैठकमा बहुमतको आधारमा
वडा कार्यालयको सहमति विना नै बडहरामा अस्पताल निमार्ण गर्ने भनि कार्यपालिकामा भएको निर्णय प्रति ३जना वडाध्यक्ष र २ जना कार्यपालिका सदस्यहरुले असहमति जनाएको वडानम्वर ५ का वडाध्यक्ष दिनेश शहानीले बताउनु भएको छ ।

संघिय सरकारवाट विनियोजित बजेटमा निर्माण गर्न लागिएको सरावल गाउंपालिकाको १५ शैयाको अस्पताल बडहरामा निर्माण गर्ने निर्णय भएपछि दुबौलिया,जीतपुर टोला र फूलवरीयाटोलका स्थानियहरुले हिजो सांझ र आज गाउंपालिका अगाडी विरोध प्रर्दशन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.