Jilla Ban Notis

सरावल गाउँपालिका वडा नं ४ को नवनिर्मित वडा कार्यालय उद्घाटन

0 31
उमेश बि.क
सरावल ,७ कार्तिक
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ को वडा कार्यालय उद्घाटन गरिएको छ ।  शुक्रबार पृथ्वीबस्ती मंगलापुरमा नवनिर्मित भवन वडा नं ४ का वडा अध्यक्ष छाेटेलालकाे अध्यक्षता एवं पूर्व गृहराज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलकाे प्रमुख अतिथ्यतामा भवन उद्घाटन गरिएको हो ।
नवनिर्मित भवनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य कण्डेलले सरावल गाउँपालिका भित्रकाे वडा मध्ये याे नमुना वडा बन्न सफल भएको हुनाले यश भवनकाे प्रत्यक्ष लाभ स्थानीय जनता ,जनप्रतिनिधि ,सेवाग्राही तथा कर्मचारी उठाउदै यसकाे सुरक्षामा ध्यान दिनु पर्ने बताउनुभएकाे हाे।
हरेक बिकास निर्माणका कार्यमा हातेमालो गर्दै जनअपेक्षा अनुसार अाफु काम गरिरहेकाे र गाउँपालिकाले पनि उदाहरणीय काम गर्दै गइरहेकोले अाफुबाट चाहिने सहयोग र साथकाे लागि हमेशा तत्पर रहने प्रतिबेद्धता ब्यक्त गर्नुभएको हाे। साथै नवनिर्मित भवन उदघाटन भएकोमा सम्पूर्ण वडावासी अध्यक्ष तथा सदस्यहरुमा बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको हाे।
 कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य बैजनाथ जैसवालले पूर्वाधारको विकास भएमा मात्रै समग्र क्षेत्रको विकास गर्न सकिने बताए । यातायात, खानेपानी, सञ्चार स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै समग्र विकासका लागि आफू निरन्तर लागिपर्ने कुरामा जाेड दिनुभएको हाे।
 जिल्ला समन्वय समिति सदस्य शिव शंकर रायले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्दै वडा तहबाटै नागरिकलाई सहज सेवा दिन अाग्रह गर्दै सुविधा सम्पन्न भवनसँगै अब सेवाग्राहीलाई सहज सेवा दिन पनि उनले निर्देशन दिए।
त्यस्तै गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले आफू निर्वाचित भएको समयदेखि पालिका क्षेत्रमा विभिन्न विकास निर्माणका कामहरु गरेको बताए । गाउँपालिकाबाट निशुल्क रगत ,निशुल्क अाँखा अप्रेस ,कृया खर्चबापत ५ हजार रुपैयाँ तथा कृषिमा ५० देखि ७५ प्रतिसत अनुदान दिईरहेको बताउदै पालिकाले बितेको तीन वर्षको अवधिमा सड्क, बिजुली, ससाना खानेपानी आयोजना, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रलाई प्राथमिकता दिई काम गरेको बताए । कार्यकालमा पालिका भित्रका ७ वटै वडालाई सुविधा सम्पन्न रहेको उनले बताए ।
नवनिर्मित वडा कार्यालयको भवन उद्घाटनमा सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय,प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल ,नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश सल्लाहकार माेहन प्रशाद शर्मा ,नेपाली काङ्ग्रेसको केन्द्रीय शिक्षा विभाग सदस्य राधेश्याम पाठक,नेपाली काङ्ग्रेसका नेता अनिल गाैड ,वडा नं.६ का वडा अध्यक्ष कैलाश यादव,जनता समाजवादी पार्टी जिल्ला सदस्य हरिलाल यादव,नेपाली काङ्ग्रेस सरावल सभापति बिनाेद पाण्डेय, नेपाल कम्युनिस्ट पार्टी सरावल सचिव राेहित गाैड,सरावल प्याप्सन अध्यक्ष सुखाडि प्रसाद चाैधरी ,वडा सचिव इन्द्रकमल यादव,सरावल गाउँपालिका स्वास्थ्यशाखा सहसंयाेजक अशोक कुमार पाण्डेय लगाएतले नवनिर्मित भवनबाट भोलीका दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी र सरल तरिकाले सेवा सुबिधा दिदै जनताका समस्याहरुलाई समाधान गर्दै लैजाने सुझाव दिदै नवनिर्मित भवन तथा बडा दशै ,दिपावली एवं छठ पर्वकाे शुभकामना ब्यक्त गर्नुभएको थियाे । नवनिर्मित १२ काेठे भवन रु १ कराेड ११ लाख ६८ हजार ७ सय ३८ रुपैयाँको लागतमा निर्माण गरिएको हो।

Leave A Reply

Your email address will not be published.