Jilla Ban Notis

सरावल गाउँपालिकाद्वारा सामुदायिक बिद्यालयमा न्यानो कपडा बितरण ।

0 51

उमेश बिक

सरावल ,१४ पुस

नवलपरासीको सरावल गाउँपालिका द्वारा विभिन्न सामुदायिक बिद्यालयमा न्यानो कपडा बितरण गरिएको छ। पुस महिना शुरु भए लगत्तै तराईका जिल्लाहरुमा शीतलहर र बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन प्रभावित भएको कारण सितलहरबाट बच्नको लागि सरावल गाउँपालिकाका विभिन्न सामुदायिक बिद्यालयमा न्यानो कपडा स्वरुप स्विटर बितरण गरिएको छ।न्यानो कपडा आज भुजहवामा अवस्थित बालमिकि प्रा।बि भटवलियामा २५० जना बिद्यार्थीलाई वितरण गरिएको हो । यय अगावै जनशक्ति प्रा।बि दङ्गिया ,त्रिमुर्ति प्रा।बि तिलौली र बालपुरी प्रा।बि पिपरामा गरी २०८४ जना बिद्यार्थीहरु वितरण गरिएको थियो। र अन्य बिद्यालयलाई क्रमश बितरण गरिने अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ।सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले वितरण गरेको वालवालिकालाइ जाडो छल्न सहज हुने न्यानो कपडा समयानुकुल सहयोग पाएकोमा बिद्यालयका बिद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् ।न्यानो कपडा वितरण गर्दै गाउँपालिका अध्यक्ष चौधरीले जाडो अत्याधिक बढेको हुनाले बालबालिकालाई जुता चप्पल ,टोपि, पन्चा, गल्बन्दि लगाउने ,मोजा र न्याने कपडा लगाउने तातो पानी पिउनुका साथै बिशेष गरि बालबालिका बृद्ध र गर्भवती महिलालाई बिशेष ख्याल राख्न अनुरोध गर्नु भएको छ। साथै जाडो धेरै भएकोले शरीरमा ऊर्जा दिने खानेकुरा सेवन गर्नुहोस् । दूध र दूधजन्य पदार्थलगायत प्रोटिनययुक्त खाने, बाहिर हिँड्दा बाक्लो कपडा लगाउने । र जाडो बढी भएको हुनाले आफु र आफ्नो परिवारलाई बिशेष ख्याल राख्न सुचाव दिनुभएको छ।

Leave A Reply

Your email address will not be published.