Jilla Ban Notis

सरावलमा ५० प्रतिशत अनुदानमा किसानहरुलाई कृषि उपकारण बितरण

0 78

गौरीशंकर जयसवाल

परासी २४ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले किसानहरुलाई कृषि उपकारण बितरण गरेको छ । गाउँपालिकामा दर्ता रहेका कृषक समूहका किसानहरुलाई कृषि उपकारण बितरण गरेको हो ।

गाउँपालिकाको आर्थिक बर्ष २०७७/०७८ को गाउँसभाबाट सिचाई उपकारण कार्यक्रममा अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषक समूहका किसानहरुलाई कृषि उपकारण बितरण गरिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिए ।

गाउँपालिकाको ५० प्रतिशत र मुख्यमन्त्री ग्रामीण बिकास रोजगार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषक समूहहरुका किसानहरुलाई लक्षित गरि कृषि उपकारण बितरण गरिएको गाउँपलिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए ।

उनको किसानहरुलाई कृषि पेशालाई व्यावसयिक अगाडी बढाउने र उत्पादनमा बृद्धि गर्न उदेश्यले उक्त कृषि उपकारण बितरण गरिएको हो ।

किसानहरुलाई पम्पु सेट २२ थान,मोटर ४५ थान,स्पेयर मेसिन ५५ थान,माहुरीको घार ५० थान लगायतको कृषि उपकारण बितरण गरिएको गाउँपािलकाका कृषिका शाखा प्रमुख कुलदीप मिश्राले बताए । ५० प्रतिशत अनुदानमा गाउँपालिकाबाट ७ लाख बराबराको कृषि उपकारण बितरण गरिएको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.