Jilla Ban Notis

सरावलमा सेनेटरी प्याड बनाउने सम्बन्धि तालिम शुरु ।

0 56

सरावल,असोज–९
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सेनेटरी प्याड बनाउने सम्बन्धि तालिम शुरु भएको छ । संवाद किशोर किशोरी सञ्जालको आयोजना र सरावल गाउँपालिको एवं ए बि सि नेपाल ,स्ट्रोम फाउन्डेसनको सहयोगमा उक्त २ दिने सेनेटरी प्याड बनाउने तालिम शुरु भएको हो।
सञ्जालका अध्यक्ष महेश यादवको अध्यक्षता र सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायको प्रमुख अतिथतामा तालीमको शुभारम्भ गरीएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी रायले तालिम बाट सेनेटरी प्याड बनाउन सिक्नुका साथै बजारमा पाईने प्याड भन्दा आफै बनाएर प्रयोग गर्दा लाभदायिक हुनुका साथै ब्यावसायिक समेत बन्न आग्रह गर्नु भयो । कार्यक्रममा वडा नं।३का वडा अध्यक्ष अणेन्द्र नाथ राय,महेन्द्र मा बि का शिक्षक ईन्द्र बहादुर चौधरी लगाएतको उपस्थिती रहेको थियो ।       https://www.youtube.com/watch?v=_iakwgFPpUc

Leave A Reply

Your email address will not be published.