Jilla Ban Notis

सरावलमा वृक्षारोपण कार्यक्रम सम्पन्न ।

0 49

उमेश बि.क

सरावल ,२ साउन

सरावल गाउँपालिका वडा नं ५ फुलबारीयामा साझेदारी वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। एबिसी नेपालद्वारा सन्चालित संवाद किशोर किशोरी संजालको आयोजना तथा सरावल गाउँपालिका र युवा टोल सुधार समिती फुलवरीयाको सहयोग एवम स्टोम फाउन्डेसन नेपाल, एबिसी नेपालको सहकार्यमा साझेदारी वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।   संवाद किशोर किशोरी संजाल सरावलका अध्यक्ष महेश यादवको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष उत्तमा रायको बिशिस्ट आतिथ्यतामा बृक्षारोपण सुभारम्भ गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले बोटबिरुवा रोप्नु सुनौलो अवसर तथा नयाँ कामको थालनी गरेको यो मानव जीवन तथा हरेक प्राणिसंग जोडिएको कार्यक्रम हो । बोटबिरुवाले अक्सिजन दिने गरेकोले उसलाई आफ्नो लागि मात्र नभए आफ्नो भाबि पिडिको लागि पनि सुरक्षित राख्न जरुरी रहेको छ । बोट बिरुवा तथा बन जंगल फडानी भएको हुनाले जलवायु परिवर्तन भइरहेको कारणले पानी नपर्नु , खडरी हुनु ,गर्मि बढ्दै जानू,जलस्रोतको मुहान सुक्दै जानू भएको हुनाले बोटबिरुवा रोपि यसलाई संरक्षण गर्न जरुरी रहेको हुनाले यो बोटबिरुवा संरक्षण गर्न सफल भइयो भने यहाँका समुदायलाई चालीस हजारको दरले सम्मानित गरिने जानकारी गराउदै विरुवा संमक्षणमा सहयोग गर्न सम्पुर्णमा आग्रह गर्नुभएको थियो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष रायले पर्यावरण स्वच्छ सफा राख्न तथा बातावरणीय संतुलनलाई कायम राख्न सकिने भन्दै बृक्षारोपण जरुरी रहेकोले एक घर एक बोट बिरुवा लगाउन अनुरोध गर्दै अगामी दिनमा लगाइएको बोटविरुवालाई अनुगमन समेत गरिने कुरामा जोड दिनुभएको थियो ।

त्यस्तै एबिसी नेपालको कार्यक्रम प्रमुख मनोज लामिछानेले एबिसि नेपाल मानव बेचबिखन बिरुद्ध र जसको सवाल उसैको नेतृत्व भन्ने किशोर किशोरी सम्बाद कार्यक्रम सन्चालन भइरहेको बारे जानकारी गराउनु भएको हो। जस कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम ,सशक्तीकरण गराउने नेतृत्व गराउने र समाजिक तथा आर्थिक मुद्दामा सशक्तीकरण गराउने गरिएको कार्यक्रममा दस हजार छ सय किशोर किशोरी आबद्व रहेको जानकारी गराउनु भएको हो।

बृक्षारोपण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसाकीय अधिकृत बुद्ध प्रकास पौडेल, वडा नं ५ का वडा अध्यक्ष दिनेस साहानी, एबिसी नेपालका कार्यक्रम प्रमुख मनोज लामिछाने, सरावल गाउपालिका कृषि शाखाका कुलदिप मिश्रा, एविसी नेपालकी दिपिका गैरे, जनशक्ति संवाद केन्द्रका अध्यक्ष राजेन्द्र राजभर लगाएत समाजसेवी बुद्धिजीवी सहित पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सम्पन्न बृक्षारोपण कार्यक्रममा सरावल वडा नं ५ फुलवरीया अन्तर्गत पर्ने नदि किनारमा नदि कटानलाई नियन्त्रणका निमीत सहदौन,सफेदा, सिसौं र सिर्सा का गरी ४ प्रजातीका ४ हजार विरुवाहरु रोपण गरीएको एबिसि नेपालकि सहजकर्ता साहिदा नेसाले बताउनु भएको हो ।

Leave A Reply

Your email address will not be published.