Jilla Ban Notis

सरावलमा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता शुरु ।

0 22

सरावल,मंसीर–१४
वडा स्तरिय युवा तथा खेलकुद सञ्जाल समिति सरावल १ पश्चिम नवलपरासीको आयोजनामा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता शनिबार देखी शुरु भएको छ । सरावल १ स्थित बासाबसहीको खेल मैदानमा सुरु भएको उक्त खेलको समुद्घाटन सरावल गाऊपालिका वडा नं. १ का अध्यक्ष भेष नारायण चौधरीले गर्नु भएको थियो । समुद्घाटन कार्यक्रममा वोल्दै वडाध्यक्ष चौधरीको खेलकुद हार र जितको लागी भन्दा पनि खेलकुद मानिसका लागि अपरिहार्य रहेको बताउनु भयो ।उहांले सरावल गाउपालिकाले गाउपालिका भित्रका विभिन्न खेलकुदका खेलाडिहरुलाई अगाडी बढाउन बजेट छुट्टायाएको समेत बताउनु भयो । वडा स्तरिय युवा तथा खेलकुद सञ्जाल फडेन्द्र चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न् भएको थियो । कार्यक्रममा ं एन्फा नवलपरासीका जिल्ला सल्लाहकार नारायण पाण्डे र वडा नम्बर १ की महिला वडा सदस्य राधा देवी चौधरी लगाएतले बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.