Jilla Ban Notis

सरावलको विरोध तथा धर्नाका कार्यक्रम स्थगीत ।

0 41

कृष्ण ढकाल
बर्दघाट,मंसीर–११
नवलपरासीको सरावल गाउंपालिकाले वडा नं. ५ बडहरामा अस्पताल निमार्ण गर्ने भनि कार्यपालिकावाट टुगों लगाएसंगै शुरु भएको विरोध कार्यक्रम आजवाट केहि दिनका लागि स्थगीत भएको छ । गत ७ गते आईतवार देखि शुरु भएको विरोध तथा धर्ना कार्यक्रम आज देखि केहि दिनका लागि स्थगित भएको वडा नं. ५ का वडाध्यक्ष दिनेश शाहनीले बताउनु भएको छ ।
संघिय सरकारवाट विनियोजित बजेटमा निमार्ण गर्न लागिएको सरावल गाउपालिकाको १५ शैयाको अस्पताल निमार्ण फूलवरीयाटोलमा हुनु पर्ने माग राख्दै आफुहरुले विरोध तथा धर्नाका कार्यक्रमहरु गरेको वडाध्यक्ष शहानीले बताउनु भयो ।
स्थानिय वडावासीहरुको चाहना अनुसार अस्पताल निमाणर््ा कार्य अघि बढाउन भन्दै आफुहरुले सरावल गाउंपालिकाका अध्यक्ष राधेश्याम चौधरीलाई ज्ञापन पत्र दिएकोमा कुनै सुनुवाई नभएपछि आफुहरुले जिल्ला समन्वय समिति,जिल्ला प्रसाशन कार्यालय,जिल्लाको सर्व दलिय र नागरीक समाजलाई समेत ज्ञापन पत्र बुझाएको बताउनु भएको छ । उहांले अब पनि कुनै सुनुवाई नभए केहि दिन पछि थप कडा आन्दोलनका कार्यक्रमहरु गर्ने बताउनु भएको छ ।

यता सरावल गाउंपालिकाका अध्यक्ष राधेश्याम चौधरीले वडानम्वर ५ ले सिफारीस गरेको दुबौलियामा अस्पताल बनाउने निणर्य गरेको भएपनि जग्गा तालक्षेत्र रहेकाले सो स्थानमा गाउपालिकाले अस्पताल बनाउन नसक्ने भएकाले कार्यपालिकाको बहुमत निर्णय अनुसार बडहरामा अस्पताल निमार्ण गर्ने निर्णय भएको बताउनु भएको छ । उहांले वडा कार्यालयवाट विवाद रहित स्थानको सहमित ल्याउन नसकेपछि प्रजान्त्रीक विधिवाट गाउंकार्यपालिकाले अस्पताल निमार्ण स्थलको टुङ्गो लगाएको बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.