Jilla Ban Notis

सरावलको जावामा बहुद्देशिय सभाहल शिलान्यास ।

0 26

उमेश बि.क
सरावल , जेठ २२

नवलपरासीको सरावल गाउँपालिका वडा नं। २ जावामा बहुद्देशिय सभाहल शिलान्यास गरिएको छ। बहुद्देशिय सभाहल बुधबार एक अनौपचारिक कार्यक्रमका बिच सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले शिलान्यास गर्नुभएको छ । सभाहलको शिलान्यास पश्चात् बोल्दै अध्यक्ष चौधरीले गाउँ घरमा हुने कार्यक्रम तथा पर्यटन संगै अन्य सभा समारोहको लागि सभाहलको आवस्यकता पर्ने बताएउनु भयो । उहांले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएको हुँदा सामाजिक दुरि कायम गरि काम गर्नको लागि आग्रह समेत गर्नु भएको थियो। देब्रेन्द्र राज कण्डेलले स्थानीय बिकास पुर्वाधार कार्यक्रम ९संसद विकास कोष० ८५ लाखको रुपैया बहुद्देशिय सभाहलका लागि गरेको विनियोजीत वजेटवाट सो भवन बनाउने गरी भवनको शिलान्यास गरिएको हो । गाउँमा हुने विभिन्न खालको छ्लफलको लागि कसैको घर वा खुल्ला ठाउँमा बस्नुपर्ने समस्या भएको हुनाले जनताको समस्या बुझ्दै समस्या अन्त्यका लागि माननीय कण्डेलले बजेट बिनियोजन गरि सभाहल निर्माण गर्न लागिएको गाउँपालिका उपाध्यक्ष उत्तमा रायले बताउनु भएको छ । सभाहल शिलान्यास कार्यक्रमा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी , गाउँपालिका उपाध्यक्ष उत्तमा राय,प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पौडेल,वडा नं।२ का वडा अध्यक्ष सम्भु चौधरी,वडा नं। १ का वडा अध्यक्ष भेष नरायण चौधरी लगाएको उपस्थिती रहेको थियो ।
गाउँ घरमा हुने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न समस्या भैरहेको हुँदा उक्त सभाहलको निर्माण तथा सरावल गाउँपालिका वडा नं। २ अन्तर्गत रहेकोे कोलबृक्ष एवं बिभिन्न पर्यटकीय स्थल रहेको हुनाले केही कार्यक्रम सन्चालनको लागि सभाहल नभएको हुनाले धेरै समस्या झेल्न परेको कारण निर्माणाधीन सभाहल शिलान्यास भएको हुनाले स्थानीय खुशि ब्यक्त गरेका छन ।

Leave A Reply

Your email address will not be published.