Jilla Ban Notis

सरावलका किशोरीहरुलाई पशुपालनका लागी आर्थिक सहयोग

0 21
सरावल ,२४ भदौ
काेराेना भाइरस कोभिड १९ को महामारीको कारणले आर्थिक उपार्जनका श्रोत नै धरापमा परिरहेको कुरालाई मध्यनजर गर्दै पश्चिमी नवलपरासीको सरावल गाउपालिकामा ए .बि .सि नेपाल , स्ट्राेम फाउन्डेसनकाे सहयोग र गाउपालिका स्तरिय सवाद किशोर किशोरी सञ्जालकाे अायाेजनामा संवाद केन्द्र मा अध्यनरत किशोरीहरुलाई पशुपालनका लागी आर्थिक सहयोग गरेको छ ।
सञ्जालका अध्यक्ष महेश यादवको अध्यक्षता तथा सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथता र प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलको विशिष्ट आतिथ्यतामा समपन्न कार्यक्रममा संवाद केन्द्रमा अध्यनरत ९ जना किशोरीहरुलाई २० हजारका दरले १ लाख ८० हजार अर्थिक रकम पशुपालनको लागी सहयोग गरिएको हाे । सरावल गाउँपालिका अध्यक्ष प्रमुख अतिथि चौधरीले काेराेना भाइरस कोभिड १९ को महामारीको विषम परिस्थितिमा पनि किशोरीहरुलाई आर्थिक सहायाेग गरि पशुपालन बाट अायअार्जन गर्नका निम्ति सहयोग गर्ने ए बि सि नेपाल ,स्ट्राेम फाउन्डेसन र संवाद किशोर किशोरी सञ्जाल माथि आभार प्रकट गर्दै अध्यक्ष चौधरीले यदी पशुपालन तर्फ किशोरीहरुलाई जागरुक गराउन सकिए सरावल गाउउपालिकामा पशुपालनको सम्भावना प्रबल रहेको बताउनुभयो ।
https://www.youtube.com/watch?v=RQoeMU8hQ6Q
साे अवसरमा बाेल्दै सञ्जालका अध्यक्ष महेश यादवले संवाद केन्द्रमा अध्यनरत किशोरीहरुलाई पशुपालनबाट अर्थिक अायअार्जन गरि अाफ्नाे पढाइलाई समेत निरन्तरता दिदै भबिश्यमा राम्रो काम गर्नको लागी शुभकामना ब्यक्त गर्दै सहयोगी सम्पूर्ण लाई धन्यवाद दिदै आगमी दिनहरुमा पनि सहयोगकाे अापेक्षा गर्दै आफु विश्वस्त रहेको बताउनुभएको थियो । सो अवसरमा ४ नं. वडाका वडा अध्यक्ष छोटेलाल यादव, वडा सदस्य जयन्ती सहानि,५ नं.वडाका वडा अध्यक्ष दिनेश सहानि, ६ का वडाका वडा अध्यक्ष कैलाश यादव र समाजिक अभियानता ईजहार मोहमद शेष, एबिसि नेपालकी साईदा निशा पठान,सबिता चाैधरी लगाएतको आतिथ्यता रहेको कार्यक्रममा संवाद किशोर किशोरी सञ्जालका कोषाध्यक्ष सन्दिप बिकले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालक पत्रकार उमेश बिकले गर्नभएकाे थियोे ।
https://www.youtube.com/watch?v=KRdQ47jPHTs&t=783s

Leave A Reply

Your email address will not be published.