Jilla Ban Notis

सरसफाई सामाग्री बितरण तथा जनचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न

0 60

रामु भुसाल / माधब प्रसाद घिमिरे
बर्दघाट,चैत्र–२१
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत रहेको खानेपानी सुरक्षा योजना समितिले शनिबार एक कार्यक्रमका बीच बर्दघाट ४ आदर्शनगर टोलमा कोभिड १९ रोकथाम एवं सरसफाई सामाग्री बितरण र जनचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
सस्थाद्धारा सञ्चालित खानेपानी सुरक्षा योजना समितिका समयोजक एवं सस्थाका उपाध्यक्ष दिपक लम्सालको अध्यक्षता तथा बर्दघाट नगरपालिका वार्ड नं। ४ वार्ड सदस्य विष्णु प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले सस्थाले शुद्ध खानेपानी मुहान देखि मुख सम्म पुर्याउने प्रमुख लक्ष्यका साथ साथै हरेक सरसफाईका पाटाहरुमा समेत काम गरिरहेको बताउदै सस्थाले आफ्ना क्षेत्राधिकार भित्रका उपभोक्ता र टोललाई सरसफाई गराउने उदेश्यले सस्थाले समाग्री वितरण गरेकोमा धन्यबदज्ञापन गर्नुभएको थियो ।
उहाँले यो नेपालकै उत्कृष्ट संस्था भएको र सस्थाले उपभोक्तालाई शुद्ध पिउने पानी उपलब्ध गराउदै आएको हुदा यस्तो कार्य निरन्तरताका दिनका लागि आग्रह समेत गर्नुभयो । त्यस्तै उहाँले आजसम्म कोरोना भाईरसको दोस्रो लहर समेत नेपालमा प्रबेश गरिसकेको हुदा नागरिकले आफ्नो ब्यवहारिक सरसफाईमा विशेष ध्यान दिन जोड दिनुभएको थियो ।

तस्विर माधब प्र. घिमिरे

कार्यक्रमका अध्यक्ष समेत रहनुभएका सस्थाका उपाध्यक्ष लम्सालले सुरक्षा समितिको महत्व र समितिले गरेका विविध गतिविधि लगाएत संस्थाको पृष्ठ भुमी र सस्थाले गरेका क्रियाकलापका बारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बर्दघाट बजार विकास समितिका अध्यक्ष शोभाकान्त केइराला, आर्दशनगर टोल विकास सस्थाका अध्यक्ष कल्पना भण्डारी लगाएतले सरसफाई र खानेपानीको महत्तवका बारेमा मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा आर्दशनगर टोललाई स्वास्थ्य सामाग्री अन्तर्गत कुचो, बेल्चा, कोदालो, फोहार उठाउने ठेला लगायत मास्क, सेनीटाइजर स्वास्थ्य समाग्री र जनचेतनामुलक बोर्ड हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा सुरक्षा समितिका सदस्य शिक्षक बाबुराम घिमिरे र समितिका सदस्य तथा स्वास्थ्यकर्मी कृष्ण हरि पौडेलले स्वास्थ्य सम्बन्धि जानकारी गराउदै सहभागीलाई हात धुने तरिका बताउनु भएको थियो ।
सो अवसरमा सस्थाका पदाधिकारी, टोल विकास सस्थाका उपभोक्ता, सुरक्षा समितिका पदाधिकारी, लेखा समितिका पदाधिकारी लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । बर्दघाट खानेपानी सस्थाले आफ्ना उपभोक्ताहरुलाई शुद्ध पिउने पानी मुहान देखी धारा सम्म पुर्याएपनि मु्ख सम्म पुर्याउनका लागी सस्थाको बार्षिक कार्यक्रम अन्र्तगत सचेतनामुलक अभियानहरु वडाका २१ वटै टोल विकास सस्थामा सञ्चालन गरिने लक्ष्य रहेकोमा हाल सम्म ७ वटा टोल विकास सस्थामा कार्यक्रम सम्पन्न गरिएको सस्थाका ब्यवस्थापक विष्णु कुमार भुषालले जानकारी दिनुभएको छ ।
समितिका सदस्य नवराज ढुंगानाको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव धन बहादुर गुरुंगले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.