Jilla Ban Notis

सरकार र विप्लव समुहका विच वार्ता गर्न दुबैतिरवाट बार्ता टोली घोषणा

0 32

बर्दघाट,फागुन–१८

विप्लव पक्षसँग वार्ता गर्न सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले पनि सरकारसँग वार्ता गर्न नेकपा विप्लव समूहले पनि पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अघि सारेको छ ।

मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेसंगै विप्लवले पनि मंगलबार एक विज्ञप्ति मार्फत प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउने सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका छन् ।

२ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको छ। केपी ओली नेतृत्वको सरकारले आपराधिक समूह रहेको ठहर गर्दै विप्लव नेतृत्वको दललाई २ वर्षअघि प्रतिबन्ध लगाएको थियो ।

Leave A Reply

Your email address will not be published.