Jilla Ban Notis

सरकार आमनागरिकलाई कोभिड(१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने छ ः– मन्त्री पौडेल

0 21

जेष्ठ–२१
नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आमनागरिकलाई कोभिड(१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताउनु भएको छ ।  अर्थ मन्त्रालयमा पदबहाली पछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड(१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताउनुभयो ।

उहाँले कोभिड(१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पुरा गर्ने बताउनुभयो ।पदबहालीका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिने सम्बन्धी निर्णयलाई स्वीकृत गर्नु भएको छ ।

जसमा सल्यान अस्पताललाई १ करोड ५५ लाख र रोल्पा अस्पतालका लागि ७५ लाख रुपैयाँ रहेको छ ।

Leave A Reply

Your email address will not be published.