Jilla Ban Notis

सम्झौता अनुसारको काम ब्यवहारमा नभएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीको आपत्ति ।

0 23

कृष्ण ढकाल
बर्दघाट,माघ–२२
राजमार्ग विस्तारका क्रममा सामुदायिक वनहरुसंग भएको सम्झौता अनुसारको काम ब्यवहारमा नभएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीले आफ्ना सदस्य वनहरुको क्षेत्रमा पर्ने रुखहरु कटान गर्न रोक लागएको छ । सडक विस्ताका क्रममा नवलपरासीको सुनवल देखि बर्दघाट तर्फका आवाधीक क्षेत्र र सामुदायिक वन क्षेत्रमा पर्ने रुखहरु धमाधम काटेक वन कार्यलयले आफ्नो कार्यलयमा घाटगद्धि शुरु गरेपछि  सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीले त्यसको विरोधगर्दै सामुदायिक वन क्षेत्रका रुखहरु कटान गर्न रोक लगाएको बुधवार आयोजाीत पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष कमल परियारको अध्यक्षतामा बर्दघाटको चिसापानीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराईएको थियो । आयोजना संचालन गर्नु पूर्व भएको सहमतिमा वातावरण प्रभाव मुल्यांकन प्रतिवेदनमा भए अनुसारको मापदण्डमा रहेर आयोजनाले आफ्नो काम गर्नेगरी सामुदायिक वनहरुसंग सहमति भएपनि अहिले आएर जिल्ला वनले एकलौटी गरेको सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीको आरोप रहेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीले आवाधिक क्षेत्रका रुखहरु जिल्ला वनले लगेपनि सामुदायिक वनक्षेत्रका रुखहरु सामुदायिक वनहरुले नै लगेर आफ्ना उपभोक्ताहरुलाई विक्रि वितरण गर्न पाउनु पर्ने माग महासंघको रहेको छ । अहिले सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीमा आवद्ध रहेका सयपत्रि,पारीजात,चिसापानी,संसारकोट,सृष्टी,वडेरा,भगवती जनोदय,मुलपानी,ज्यामिरे र खरकट्टी सामुदायिक वनहरुले उक्त माग अघि सारेर वनक्षेत्रका रुख कटान गर्न रोक लगाएका छन् ।

Leave A Reply

Your email address will not be published.