Jilla Ban Notis

समुन्नत महिला मञ्चद्वारा माक्स र साबुन बितरण

0 20
मुक्ती तिवारी
बर्दघाट,श्रावण ८
लामो समयको लकडाउनको अन्त्य भएसगै सङ्क्रमणको जोखिम भने रहने र यसको न्युनिककरणका लागि स्वास्थ्य सावधानी अपनाउनु पर्ने भन्दै समुन्नत महिला मन्च पश्चिम् नवलपरासीले बिपन्न समुदायहरुका लागि माक्स र साबुन बितरण गरेको छ।
     समुदाय स्तरमा कोरोना सङ्क्रमण नफैलिओस भन्दै उनिहरुलाई बिशेश सावधानी अपनाउन सचेतना सहित साबुन र माक्स बितरण गरिएको समुन्नत महिला मञ्चकि केन्द्रिय उपाध्यक्ष कमला पराजुली तिवारीले बताईन। मञ्चले अभियानकै रुपमा बर्दघाट वार्ड नम्बर ५ स्थित पालडाडामा रहेको हिरौटे टोल र प्रतापपुर २ स्थित कालीटोलामा रहेका ४०० जना अति बिपन्न मुसहर बस्ति र बर्दघाट ४ स्मृती नगर ,बाडिपिडि र थारु टोलामा ६०० जना गरि करिब ९०० जनालाई माक्स साबुन बितरण गरेको हो।
      कतिपय समुदायहरुमा अझै पनि चेतनाको अभाव रहेकाले सामान्य रुपमा माक्स र साबुन पानीको प्रयोग गर्नु पर्छ भन्ने चेताना पुर्याउन नसक्नुले पनि जोखिम अझ बढ्न सक्ने भन्दै जनचेतनाका लागि पनि यस्ता कार्यक्रम प्रभावकारी रहने उपाध्यक्ष तिवारिले बताईन।
                     सरकारले माक्स नलागाई हिड्नेलाई कारबाही गर्ने भनेता पनि पश्चिम् नवलपरासीमा भने यो लागू भएको देखिएको छैन।  कार्यक्रममा समुन्नत महिला मञ्च नवलपरासीका अध्यक्ष दिल कुमारी कुवर,जिल्ला तथा आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.