Jilla Ban Notis

समाज रुपान्त्रणका लागि संचारगृह र पत्रकारहरुले ठुलो सहयोग पुराएका छन् । ः सांसद दिपेन्द्र कुमार अधिकारी

0 20

कृष्ण ढकाल
भुमहि,फागुन–३
समाज रुपान्त्रणका लागि संचारगृह र पत्रकारहरुले ठुलो सहयोग पुराएको प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ । उहांले समाज परिवर्तन र रुपान्त्रणमा अहम भूमिका खेल्ने पत्रकारहरुको जिविको पार्जनका लागि र संचार गृहको संरक्षणका लागि अब तिनै तहका सरकारहरुले ध्यानदिन जरुरी रहेको बताउनु भएको छ । दाउन्ने सुचना तथा सहकारी सस्था द्धारा सञ्चालित सामुदायिक रेडियो दाउन्ने बर्दघाटको ९ औँ बार्षिक साधारण सभालाई सम्वोधन गर्दे सांसद अधिकारीले उक्त कुरा बताउनु भएको थियो ।
सुनवल १२ भुमहीमा सम्पन्न भएको रेडियो दाउन्नेको ९ औँ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष नारायण पाण्डेको अध्यक्षता र प्रदेश नम्बर ५ का प्रदेश सासंद दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो  । त्यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ नवलपरासीका जिल्ला अध्यक्ष हरि शर्माले सञ्चार माध्यमहरु धरासायी अवस्थामा रहेको बताउदै सबै सञ्चार माध्यमलाई मर्ज गरि अगाडी बढ्न जरुरी रहेको धारण प्रस्तुत गर्नु भएके थियो ।  कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डे, वडा नम्बर ११ का वडाध्यक्ष देवी लाल चिसापानी सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा अध्यक्षको प्रतिबेदन सस्थाका अध्यक्ष नारायण पाण्डेले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम तथा भावी योजना प्रतिबेदन सस्थाका सचिव विश्वप्रेम पाठकले प्रस्तुत गर्नुभएको थियो । सोहीे अवसरमा उत्कृष्ट विज्ञापनदाता र रेडियाका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । सस्थाकी उपाध्यक्ष सरिता खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सस्थाका सहसचिव विनिराम भुषालले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.