Jilla Ban Notis

सडक कालो पत्रे गरेको पांच महिना नहुदै कालोपत्रे सडक भत्कियो ।

0 65
गौरीशंकर जयसवाल
परासी २७ माघ 
पश्चिम नवलपरासीमा गरिएको कालोपत्रे सडक पाँच महिना नबित्दै कालोपत्रे सडक भत्केको छ । पाल्हीनन्दन गाउँपालिकाको वडानं ५ मा भएको कालोपत्रे सडक पाँच महिना नबित्दै भत्केको पाईएको हो । पाल्हीनन्दन गाउँपालिकाको वडानं ५ मा पर्ने सिसाव गाउँ पूर्व तर्फ र पिरहवा जोडने कालोपत्रे सडक पाँच महिना नबित्दै  पिच गरिएको कालोपत्रे सडक भत्केको स्थानियबासीहरुले बताएका छन । उक्त पूर्वाधार बिकास कार्यालय प्रदेश न.५ रुपन्देहीले  नेपाली नहर पाल्ही भगवती मन्दिर जोडने योजनाको नाममा राखेर कालोपत्रे गर्ने ठेक्का लागएको हो । उक्त ठेक्का एम के निमार्ण सेवा बर्दघाट नगरपालिका ४ ले ठेक्का पाएको थियो । पूर्वाधार बिकास कार्यालय रुपन्देही संग  २०७५ /१२ /२० मा सम्झौता गरेर मिती ०७६/३/२० योजना सम्झौता गरेको थियो । उक्त सडक कालोपात्रो गर्न ३४ लाख ७८ हजारमा ठेक्कामा पाएको थियो । तर ठेकेदारको लपरवाहीले गर्दा  र ठेक्केदारले सडक कालोपात्रो गर्दा कमसीयल सामाग्री प्रयोग गरेका सडक कालोपात्रो गरिएको देखिएको छ ।ठेकेदारको लापरवाहीले ५ सय मिटर कालोपत्रे  गरेको सडक कही दबीएको र कही पिज उक्केको छ । 
   ठेकेदारले कमसीयल सामाग्री प्रयोग गरेर सडक कालोपत्रे गर्दा पाँच महिना नबित्दै सडक भत्केको पाल्हीनन्दन गाउँपालिकाका ईन्जिनीयर शंकर कुर्मीले बताए । ठेकेदारले इस्टुमेट अनुसार नगरेको र कमसीयल सामाग्री प्रयोग ठेकेदारकोे लापरवाही देखिएको कुर्मी बताए । 
      सडक कालोपत्रे  गरेको पाँच महिना नबित्दै सडक भत्केको भन्दै स्थानियबासी जनगुनासो आएपछि  जिल्ला समन्वय समितीका प्रमुख शिवशंकर रायको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमनको क्रममा सडक कालोपत्रे गरेको सडक भत्केको पाईएको टोली जनाएको छ । अनुगमन टोलीका संयोजक रायले पाल्हीनन्दन गाउँपालिकाको वडानं ५ अन्र्तग सिसाव र पिरहवा जोडने कालोपात्रो सडक गरिएको पाँच महिना नबित्दै ५ सय मिटर कालोपत्रे सडक भत्केको बताए । उनले भने इस्टुमेट अनुसार ठेकेदारले नगरिदिदाँ पाँच महिना नबित्दै कालोपत्रे सडक भत्केको  बताए । पूर्वाधार  बिकास कार्यालय रुपन्देहीले ठेक्का ठेकेदार दिने सम्झौता गर्ने र सो कार्यालयले  अनुगमन नगर्दा ठेकेदारको मनोबल बढएकोले ठेकेदारले लापरवाही गरेर सडक निमार्ण गरिरहेको प्रमुख रायले आरोप लगाए । पूर्वाधार  बिकास कार्यालय रुपन्देहीले पश्चिम नवलपरासीको धेरै स्थानमा सडक निमार्ण कामको ठेक्कामा काम भैरहेको काम धेरै स्थान गुणस्तरीहीन काम भएको पाईएको छ । कार्यालयले अनुगमन नगर्दा र ठेकेदारले ईस्टुमेट अनुसार नगर्दा पनि धेरै स्थानममा गुणस्तरीहीन काम भएको सडकहरु निमार्ण भएको भेटिएको छ । अनुगमन टोलीमा जिल्ला समन्वय समितीका निमित्त जिल्ला समन्वय अधिकारी ऋषिकेश रेग्मी, जिल्ला समन्वय समितीका दयारा चौधरी सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.