Jilla Ban Notis

संसद बिघटनका सन्र्दभमा सर्वोच्चको फैसला मान्छौः राजेन्द्र महतो

0 12

गौरीशंकर जयसवाल

परासी २ फल्गुन
जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा पुर्व मन्त्री राजेन्द्र महतोले संसद बिघटनको मुद्धामा सर्वोच्च अदालतको निर्णय मान्य हुने बताएका छन । अईतबार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जसपाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता महतोले संसद पुर्नस्थपना आफुहरुको माग भएपनि सर्वोच्चको निर्णय मान्य हुने बताए ।

्प्रधानमन्त्री ओलीको संसद बिघटन गर्ने कदम असंवैधानि भएको बताउदै उनले सर्वोच्च अदालतले पनि जनहितमा हुनेगरी फैसला गर्ने विश्वास व्यक्त गरेका छन्। यदि संसद पुर्नस्थापना गर्ने पक्षमा सर्वोच्चले फैसला गरेन् भने चुनावमा जानहुन्छ भन्ने प्रश्नमा महतोले जवाफ दिन चाहेनन् ।उनले सर्वोच्चको फैसला आएपछि मात्रै यस विषयमा बोल्ने बताए ।

उनले भने ओलीले सासद बिघटन गरेर सबिधान र लोकतन्त्रमाथि प्रहार गरेको बताउदैै अहिले प्रतिगमनलाई प्रस्त गर्न संयुक्त अन्दोलनको आवश्यक जरुरी रहेको बताए । जबसम्म सम्पूर्ण नेपालीको अपनत्व हुने गरी सबिधान संशोधन हुन्न तब सम्म जसपाको सर्घष जारी रहेने उनको भनाई थियो ।

विभिन्न पार्टि मिलेर बनेको जसपा भित्र पनि विवाद देखिएको छ नि भन्ने जिज्ञासामा उनले विवाद नभएर छलफल भएको बताए। ६ ओटा पार्टी मिलेर राजपा बनेको र त्यसभित्र पनि समायोजन हुन बाँकि रहेको बताउदै उनले एकताको प्रक्रिया बाकि रहेको बताए । तर मिडियामा आएजस्तो विवाद नरहेको दाबी गर्दैउनले छिट्टै एकता प्रक्रिया टुङ्गिने र कुनै विवाद नरहने नेता महतोले दाबी गरे।

Leave A Reply

Your email address will not be published.