Jilla Ban Notis

संभावित क्षति रोक्न सरावलमा विपद व्यवस्थापनको पुर्व तयारी शुरु ।

0 26

उमेश बि.क
सरावल ,४ असार

नवलपरासीको सरावल गाउँपालिकाले संभावित क्षति रोक्न विपद व्यवस्थापनको पुर्व तयारी सुरु गरेको छ। गाउँपालिकाको केही वडाहरु जोखिममा रहेको र तल्लो क्षेत्रका विभिन्न ठाउँमा बाढीको उच्च जोखिम रहेकाले बाढी, सर्पडन्स लगायत विभिन्न घटनाबाट हुने क्षति रोक्न विपद व्यवस्थापनको लागि पूर्व तयारी बैठक बिहिवार सम्पन्न गरिएको हो। गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षतामा भएको बैठकमा गाउँपालिका विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी, विभिन्न शाखा प्रतिनिधि, एनजीओ प्रतिनिधि,रेडक्रस प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा सम्भावित बिपद एवम् पुर्व तयारी बारे छलफल तथा सुझाव संकलन कार्य गरिएको हो। आकस्मिक रुपमा आइपर्ने विपद न्यूनिकरणका उपाय, व्यवस्थापन, स्थानीय तहबाट संचालित कार्यक्रम, स्थानीय तहबाट गर्नुपर्ने पूर्व तयारी व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो ।
बैठकले सरावल गाउँपालिकाको विपद पुर्व तयारी गर्ने सम्बन्धमा विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरुबाट प्राप्त सुझावहरु समेटेर अन्तिम रुप दिने र कार्यान्वयनमा लैजाने, प्राकृतिक तथा अप्राकृतिक विपदबाट हुन सक्ने सबै खाले जोखिमहरुलाई न्यूनीकरण गर्न र विपदको समयमा खोज, उद्धार तथा राहत र पुनर्लाभसम्बन्धी कार्य गर्न सम्बन्धित सबै निकायहरुले समन्वयात्मक रुपमा आवश्यक पुर्व तयारी गरी उपलब्ध श्रोत साधनको विवरण अद्यावधिक गरी चालु अवस्थामा राख्ने, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन स्थानीय विपद व्यवस्थापन समिति गठन गरी विपद व्यवस्थापन कोषको व्यवस्था गर्ने र आ–आफ्नो तहको पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी कार्यान्वयन गर्ने व्यवस्था गर्ने कुरामा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जोड दिनुभएको थियो।

Leave A Reply

Your email address will not be published.