Jilla Ban Notis

संगठन विस्तारलाई बलियो बनाउन राष्ट्रिय यथार्थवादी पार्टी अध्यक्ष कार्कीको आग्रह

0 55

परासी,३ चैत
राष्ट्रिय यथार्थवादी पार्टीका राष्ट्रिय अध्यक्ष विष्णु बहादुर कार्कीले पार्टीको संगठन विस्तारलाई तीव्रता दिन आग्रह गर्नुभएको छ।
राष्ट्रिय यथार्थवादी पार्टी जिल्ला कार्य समिति पश्चिम नवलपरासीले आज परासीमा गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले संगठन बलियो बनाउन जोड दिनुभएको हो ।


उहाँले मुलुकलाई सही मार्गमा लैजान सक्ने पार्टीलाई आफुहरुले समर्थन गर्ने बताउनुभयो । पार्टीका जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुला अन्सारी , विक्रम सुवेदी ,राष्ट्रिय महासचिव यश कार्की,लुम्बिनी प्रदेश अध्यक्ष हेमा थारु,जिल्ला सल्लाहकार सीता चौधरी,जिल्ला उपाध्यक्ष श्रीनिवास गौड लगायतले शुभकामना व्यक्त गर्नुभएको पार्टीका राष्ट्रिय महासचिव खालिद अलि शेखले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.