Jilla Ban Notis

संकल्प बहुउदेश्शीय सहकारी संस्थाको ११ औ बार्षिक साधारण सभा सम्पन्न ।

0 14

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२४
संकल्प बहुउदेश्शीय सहकारी संस्था लिमिटेड बर्दघाट –४ को ११ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष छविलाल खरेलको अध्यक्षता र राष्ट्रिय सहकारी वैंक बर्दघाट शाखा प्रबन्धक सविना पोखरेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न् भएको हो । संस्थाका उपाध्यक्ष राजु प्रसाद खनालको स्वागतवाट शुरु भएके कार्यक्रमको संचालन सचिव नारायण भण्डारीले गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार चुडामणि भण्डारी, रमेश बस्याल, त्रिवेणी टेलिभिजनका मेगराज पाण्डे,सुर्यगंगा साकोसकी उपाध्यक्ष सिर्जना आचार्य लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा अध्यक्षको प्रगति प्रतिवेदन,कोषाध्यक्ष घनश्याम पोखरेलले प्रस्तुत गर्नु भएको आर्थिक तथा लेखा संयोजक रविलाल पाण्डेले प्रस्तुत गर्नु भएको लेखासमितिको प्रतिबेदन सर्वसम्वत रुपमा पारीत भएको छ । त्यसैगरी कार्यक्रममा उत्कृष्ट कर्मचारी ब्यवस्थापक चुनुकुमारी मानन्धर लगाएतलाई सम्मान गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.