Jilla Ban Notis

श्रम बिद्यालयका बिद्यार्थीलाई शैक्षिक समाग्री बितरण ।

0 16

मुक्ती तिवारी

बर्दघाट,मंसिर–२२
आफ्नो जन्मदिनकोे अवसर पारेर आईतवार बर्दघाट १४, गंगावस्ती निवासी बिसाखा तिवारीले श्रम विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेकी छन । प्रतापपुर गाऊंपापालिका वडा नं. १ भिठ्ठा मा रहेको श्रम बिद्यालयमा अध्ययनरत ३० जना बिद्यार्थीहरुलाई तिवारीले कापी,कलम लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन ।ं आफ्नो खाजा खर्च बाट बचाएकोे रकम र खुत्रुके बचत बाट जम्मा भएको पैसा बाट श्रम विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको तिवारीले बताएकीछन् ।  श्रम बिद्यालयमा अति बिपन्न श्रमिक मजदुरहरुका छोराछोरीहरुलाई निःशुल्क रुपमा पठन–पाठन गराउदै आईरहेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नाथुराम क्षेत्रीले जानकारी दिनु भएको छ । प्रपापुरमा रहेको उक्त बिद्यालय जापान ईन्टरनेस्नल लेवर एसोसिएसन फन्ट(व्क्ष्ीब्ँ) र जापान टिचर युनियन(व्ऋक्ष्)को आर्थिक सहयोग मा सन्चालन भैइरहेको अध्यक्ष क्षेत्रिले जानकारी दिनु भएको छ । हाल बिद्यालयमा १२ जना छात्रा र २८ जना छात्र गरि ४० जना बिद्यार्थीहरुले अध्ययन गर्दै आईरहेका छन । प्राथमिक तह सम्म पढाई हुने सो बिद्यालयमा ७ देखि १४ बर्ष उमेर समुहका बालबालिकाहरु रहेको श्रम बिद्यालयकी शिक्षिका बिमाला चौधरी ले जानकारी दिनु भएको छ । बिद्यालयमा बिहान र बेलुका ४ बजेपछी गरि दुई सिफ्टमा पठन पाठन गराउदै आईरहेको छ ।

Leave A Reply

Your email address will not be published.