Jilla Ban Notis

शेयर सदस्यहरुको लागी सहकारी शिक्षा अभिमुखिकरण सम्पन्न

0 31

रमेश भुसाल
सुनवल,चैत्र ४
जनकल्याण वहुउद्देश्यीय सहकारी संस्था लि. सुनवल ६ विसासयले एक दिने प्रारम्भिक सहकारी शिक्षा अभिमुखिकरण सम्पन्न गरेको छ । सहकारीका कोषाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक तथा रमेश भुसालको अध्यक्षतामा सुननवल वडा नम्वर ७ र ८ का शेयर सदस्यहरुलाई अभिमुखिकरण गरेको हो ।
सहकारीका वारेमा जानकारी गराउने उद्देश्य अनुरुप गरिएको अभिमुखिकरणलाई सुनवल सहकारी समन्वय समितिका अध्यक्ष रुक्मागत वस्यालले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षक वस्यालले शेयर सदस्यले सहकारीका मुल्य मान्यता शिद्धान्त लगाएतमा प्रशिक्षण दिनुभएको थियो ।
अभिमुखिकरण को उद्घाटन गर्नुभएका सुनवल नगरपलिका वडा नम्वर ७ का वडाध्यक्ष वसन्त राज दाहालले जनकल्याण वुहउद्देश्यीय सहकारीले, वडा नम्वर ७ र ८ लाई मध्यनजर गर्दै सहकारीको बारेमा सचेत गराएको भन्दै खुसी व्याक्त गर्नुभयो । त्यस्तै वडा नम्वर ८ का वडाध्यक्ष निलकण्ठ गैरेले सहकारीले सुनवल ७ र ८ लाई प्राथमिकता दिनु अत्यान्तै समय शान्द्रभिक र महत्वपुर्ण भएको बताउनुभयो ।
जनकल्याण वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष थान प्रसाद गैरेले सहकारीले शिक्षा, स्वास्थ्य, सरसफाई लगाएत उद्यमशिलता जस्ता क्षेत्रमा सहकारीका विभिन्न उपसमिति मार्फ कार्यक्रमहरुलाई निरन्तरता दिएको बताउनुभयो । सहकारीको कार्यक्षेत्र भित्र अरु ठाँउहरुमा पनि शेयर सदस्यहरुलाई मध्यनजर गर्दै सहकारी शिक्षा कार्यक्रम संचालन गर्ने सहकारी शिक्षा उपसमितिका संयोजक रमेश भुसालले बताउनुभयो ।
वडा नम्वर ७ मा भएको सहकारी शिक्षा अभिमुखिकरणमा शेयर सदस्यहरुको उत्साह जनक सहभागिता रहको जनकल्याण वहुउद्देश्यीय सहकारी संस्थाका लि का सदस्य हिमलाल चापागाईले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.