Jilla Ban Notis

शान्ति निकुञ्ज ,राष्ट्रिय मावि र दिब्य ज्योती द्धारा नगरको प्रकोप ब्यवस्थापन कोषमा २५ / २५ हजार रकम जम्मा ।

0 20

कृष्ण ढकाल  

बर्दघाट,चैत्र–१९
बर्दघाट नगरक्षेत्रका सामुदायिक विद्यालयहरुले बर्दघाट नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा रकम जम्मा गर्नेक्रम बढ्दै गएको छ । आज बुधवार शान्ति निकुञ्ज मावि पाल्डाँडा ,राष्ट्रिय मावि माकर वेताहानी र दिब्य ज्योती मावि चिसापानीले पनि बर्दघाट नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा रकम जम्मा हुनेगरी नगर प्रमुख धिरज शर्मा वस्याललाई रु २५ हजारको चेक हस्तान्त्रण गरेको छ । शान्ति निकुञ्ज मावि पाल्डाँडाका प्र.अ. विजयरत्न पराजुली , राष्ट्रिय मावि माकर वेताहानीका प्र.अ.शेषकान्त पौडेल र दिब्य ज्योती मावि चिसापानीका प्र.अ. हुमनाथ आचार्यले आज नगर प्रमुख धिरज शर्मा वस्याललाई रु २५ / २५ हजारको चेक हस्तान्त्रण गर्नु भएको हो । कोरोना भाईरसको प्रकोप न्यूनिकरणका लागि पूर्वतयारी स्वरुप गरीएको लक डाउनका कारण बर्दघाट नगरक्षेत्र भित्रका अति विपन्न तथा दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने नगरवासीका लागि राहतस्वरुप सहज खाद्यान्न उपलब्धहोस भनेर आफुहरुलले विद्यालयको तर्फवाट उक्त रकम सहयोग गरेको शान्ति निकुञ्ज मावि पाल्डाँडाका प्र.अ. विजयरत्न पराजुलीले गाउंले दर्पण अनलाईनलाई बताउनु भएको छ । एकद्धार प्रणाली मार्फत नगरले अति विपन्न तथा दैनिक ज्यालादारीबाट गुजारा गर्ने नगरवासीका लागि खाद्यान्न वितरण गर्दा सहज हुने देखिएको कारण नगरपालिकाको प्रकोप ब्यवस्थापन कोष मा जम्मा हुनेगरी आफ्नो विद्यालयले सहयोग गरेको दिब्य ज्योती मावि चिसापानीका प्र.अ. हुमनाथ आचार्यले बताउनु भएको छ ।    यता कोरोनाका कारण भएको लकडाउनले ज्याला मजदुरी गर्न नपाएका अतिबिपन्न परिवारहरुका जिविकालाई केही सहज होस भन्ने उद्धेश्यले तत्काल राहत प्याकेज दिने र पछि कुनै थप योजना बनाउने गरी बर्दघाट नगरपालिकाका अघिबढेको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनु भएको छ । नगर प्रमुख बस्यालले प्रकोप ब्यवस्थापन कोषमा सामाजिक संघसंस्था , सहकारी संजाल, नीजि क्षेत्र एंव सामुदायिक तथा नीजि बिद्यालय एंव बिभिन्न गैर सरकारी संघसंस्था तथा ब्यक्तिहरु ईच्छुक जो कोहीले पनि नगद प्रदान गर्न सक्ने नगरपालिकाले जनाएको छ । यस अघि एन आई सी एशिया बैक बर्दघाट शाखाको प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ८३४१४९८४८२५२४००७ को ब्यवस्था गरेको नगरले तत्काल विपन्नहरुका लागि राहत प्याकेज ब्यवस्था गर्न लागेको जनाएको छ । त्यस्तै नगरपालिकाले अति विपन्न तथा दैनिक ज्यालादारीबाट गुजारा गर्ने नगरवासीको खाद्यान्नको ब्यवस्था गर्नका लागि प्रत्येक वडाबाट लगत संकलन कार्यगरी आजवाट राहत वितरण गर्न शुरु गरेको छ । नगरपालिकाको अहिलेको प्याकेजमा तत्काल अतिबिपन्न तथा दैनिक ज्यालादारीबाट जिविकोपार्जन गर्नहरुलाई ५ किलो चामल, १ किलो दाल र एक किलो नुनको ब्यवस्था गर्न लागेको बर्दघाट नगरपालिकाका नगर प्रमुख बस्यालले बताउनुभयो । उहाँले पहिलो प्राथमिकतामा परेका अतिबिपन्न तथा दैनिक ज्यालादारीमा मजदुरी गर्नेहरु नगरवासी लाई सानो प्याकेजको ब्यवस्था पछि आवश्यकता अनुसार कार्यक्रम थप गर्दै लैजाने समेत बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.