Jilla Ban Notis

शान्ति निकुञ्ज मावि बर्दघाट ५ ,पाल्डांडाको बार्षिकोत्सव सम्पन्न्

0 85

कृष्ण ढकाल

बर्दघाट,फागुन–४
शान्ति निकुञ्ज रेवती गौमाता गौतम मा.वि बर्दघाट ५ , पाल्डांडाको ४० औ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न् भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन शर्मा मरासिनीको अध्यक्षता र लुम्विनी प्रदेश सभा सदस्य तथा नेकपाका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीको प्रमुख आथित्यतामा सो समारोह सम्पन्न् भएको हो ।


सो अवसरमा विद्यालयका प्रध्यानाध्यापक विजय पराजुलीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत् गर्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक रमेश लम्सालले गर्नु भएको थियो ।
समारोहलाई सम्बोधन गर्दै लुम्विनी प्रदेश सभा सदस्य अधिकारीले बिद्यालयहरुलाई शान्त रमणीय र भौतिक सुविद्यायुक्त बनाउदै गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोका रुपमा विकास गर्न जरुरी रहेको बताउनु भएको थियो । उहांले सो विद्यालयलाई पनि आफुले आफ्नो् तर्फवाट हुने र सक्ने सहयोग गर्दै आएको बताउदै आगामिदिनहरुमा पनि सहयोग गर्न पछि नहट्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
त्यसैगरी प्रदेश सभा सदस्य अधिकारीले बिद्यार्थीहरुलाई विद्यालयमा आउने वातावरण सृजना गर्न सबैले आ–आफ्नो क्षेत्रवाट सहयोग गर्नका लागि अभिभावकहरुलाई पनि आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष रेश्मीराज भट्टराई,बर्दघााट नगरपालिकाका युवा तथा शिक्षा शाखा प्रमुख ईन्द्र बहादुर कुवंर,नेपाल रेडक्रश सोसाईटी बर्दघाट उपशाखाका सभापति नारायण अधिकारी,दाउन्ने देवि महिला सहकारी संस्थाका अध्यक्ष देवि पौडेल,समाज सेवी बासुदेव चौधरी लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.