Jilla Ban Notis

शान्ति निकुञ्ज माविमा शिक्षक विदाई कार्यक्रम सम्पन्न् ।

1 58

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२०
बर्दघाट नगरपालिका वडा नं ५ पाल्डांडामा रहेको शान्ति निकुञ्ज माविका शिक्षक जीवन कुमार कर्माचार्यलाई एक कार्यक्रमका विच विद्यालयले विदाई गरेको छ । ४ दशक शिक्षण पेशामा समर्पण गरेर अनिवार्य अवकाश हुनुभएका शिक्षक कर्माचार्य लाई शुक्रवार औपचारीक विदाई गरीएको थियो । २०४७ सालदेखि निरन्तर रुपमा २९ वर्ष शान्ति निकुञ्जमा नै शिक्षण गर्दै आउनुभएको थियो । ३६ वर्ष स्थायी शिक्षण पेशा बाट सेवा निवृत्त हुनुभएका जीवन कुमार कर्माचार्य ६० वर्ष उमेर भएसंगै अनिवार्य अवकास भएर विद्यालयवाट विदाई हुनुभएको हो । कर्माचार्यको अनिवार्य अवकासको विदाई कार्यक्रम शान्ति निकुञ्ज माविका प्र.अ. विजय रत्न पराजुलीको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रेशमीराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो । शिक्षक रमेश लम्सालको स्वागतवाट शुरु भएको उक्त विदाई कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन मरासिनी लगाएत शिक्षक,विद्यार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन शिक्षक शिव शर्माले गर्नु भएको थियो ।

1 Comment
  1. रमेश लम्साल says

    धन्यवाद कृष्ण सर न्युज सम्प्रेषण को लागि

Leave A Reply

Your email address will not be published.