Jilla Ban Notis

शान्ति ज्योती विकास प्रतिष्ठानद्धारा आईसोलेसनलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

0 23

माधब प्रसाद घिमिरे
बर्दघाट,जेष्ठ–२४
शान्ति ज्योती विकास प्रतिष्ठान बर्दघाट–२ ,चिसापानीले आज चिसापानीमा रहेको आईसोलेसनका लागि स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरेको छ । कोभिड–१९ वाट संक्रमित विरामीहरुको उपचारमा सहभागि स्वास्थ्यकर्मीहरु र विरामीहरुका लागि प्रयोग हुने स्वास्थ्य सामागीहरु शान्ति ज्योती विकास प्रतिष्ठानले हस्तान्त्रण गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष गणेश नेपाली र सल्लाहकार संयोजक खेम बहादुर क्षेत्रीको नेतृत्वमा आईसोलेसन पुगेको प्रतिष्ठानको टोलीले आईसोलेसनमा कार्यरत डा. शान्ति के.सीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको थियो ।
प्रतिष्ठानले सेनेटाईजर,सेन्टरलाईट थर्माेमिटर,मास्क लगाएतका सामाग्री हस्तान्त्रण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.