Jilla Ban Notis

वैदेशिक रोजगारीमा रहेका युवाहरुले नेपालको कृषिक्षेत्रमा लगानी गर्दै ।

0 37

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१०

नेपालका युवाको रोजाइमा पर्ने गरेको वैदेशिक रोजगारी अहिले क्रमशः घट्न थालेको छ । वैदेशिक रोजगारीमा रहेका युवाहरु समेत अहिले विदेशमा छरीएर रहेका नेपाली पासपोटधारीहरुलाई जम्मा गरेर सानो–सानो रकम जम्मा गरी नेपालमा नै संयुक्त लगानी गर्न थालेका छन् ।

विषेश गरी वैदेशीक रोगारीमा रहेका र फर्केर आएका प्राय जसो युवाहरु नेपालमा कृषिको क्षेत्रमा लाग्ने युवाको भविष्य राम्रो रहेको भन्दै ब्यवसायिक कृषिमा लागि परेका छन । विदेश जान लगानी गर्ने पैसा कृषि क्षेत्रमा लगानी गर्ने पैसा कृषिक्षेत्रमा लगाए काम दाम र नाम यहीं नेपालमा पाईने भन्दै युवाहरु यति बेला कृषी पेशाप्रति आकर्षित हुन थालेका छन्।

नेपालका युवाको रोजाईमा पर्ने गरेको वैदेशिक रोजगारीलाई कोरोना महामारीले समेत समस्यामा पारेपछि नेपाली युवा विकल्पका रुपमा कृषि पेशामा लाग्नेहरुको संख्या ह्वात्तै बढेर गएको छ ।
त्यसको एउटा उदाहरणका रुपमा कन्सुलर्ट एक्शन प्लान्ट अफ रेस्पोन्सिवल डेभलपमेन्ट सोशाइटी प्रा.लि. र कार्डस एग्रिकल्चर एण्ड ईन्डस्ट्रिज पनि एक हो । यो संस्थाले अहिले विदेशमा छरीएर रहेका नेपाली पासपोटधारीहरुलाई जम्मा गरेर सानो–सानो रकम जम्मा गरी समृद्धिका लागि नेपालमा नै सम्युक्त कृषि ब्यवसाय गर्न शुरु गरेको छ।

नेपालका सबै स्थानका सबै समुदायको सहभागिता रहनेगरी यो ब्यवसाय शुरु गरेको कम्पनिका ब्यवसाय कोओडिनेटर कृष्ण पन्थीले बताउनु भएको छ । शुरुमा २९ जानवाट शुरु गरेको यस ब्यवसायमा अहिले १ सय १ जनाले लगानी गरेको पन्थीले बताउनु भएको ।

नेपालका प्रदेशमा अहिले आफ्नो कृषि फार्महरु संचालन भैसकेको र अब सातै प्रदेशमा संचालन गर्ने र नगर–नगरमा समेत यसको शाखाहरुका रुपमा ब्यवसायिक फार्महरु विस्तार गर्ने सोंचमा हरेको पन्थीले बताउनु भएको छ । अहिले हेटौंडामा मुख्य कार्यालय बनाएर त्यहां तरकारी जोनका रुपमा कृषि ब्यवसाय संचालन भएको र ईलाममा बैगुर जोन,कर्णालीमा कुखुरा जोन तथा नवलपरासीको सुनवलमा पशु पंक्षी जोनका रुपमा ब्यवसाय संचालन गरीएको पन्थीले जानकारी गराउनु भएको छ ।


नवलपरासीको सुनवलमा अहिले मुर्रा भैसी ४० वटा,टर्की,कुखुरा र बारबरीमा क्रश गराएर पालिएको बाख्रा अर्थात मृगजातको बाख्रा पनि पालिएको छ । सबै स्थानको गरी ३ करोड लगानी बढी लगानीमा संचालन गरी १७ जनालाई पूर्ण रोजगारी र अन्यलाई आम्सीक रोजगारी समेत दिदै आएको कन्सुलर्ट एक्शन प्लान्ट अफ रेस्पोन्सिवल डेभलपमेन्ट सोशाइटी प्रा.लि. र कार्डस एग्रिकल्चर एण्ड ईन्डस्ट्रिजले यो ब्यवसायिक अभियान शुरु गरेको २ वर्ष भएको छ ।

अहिले कृषि ब्यवसायवाट शुरु गरेर टुर एण्डस ट्रावल,होटल एण्ड रेष्टूरेन्ट,विल्डीङ्ग कन्ट्रक्सन को क्षेत्रमा कामगर्दै ईन्डष्ट्रीज संचालन सम्म पुग्ने सोंचले ब्यवसायिक यात्रा शुरु छ ।

Leave A Reply

Your email address will not be published.